माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरामा पेट्राेलकाे मूल्य १ सय ५६ 
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ...
घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व संकलन
काठमाडौँ ।  गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न...
सदरमुकामदेखि  मतदान  केन्द्र पुग्न सात घन्टा
मुस्ताङ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढीको  दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । लोमान्थाङ गाउँपालिकामा छवटा मतदानस्थल छन् । जहाँ...
मुग्लिन–मलेखु सडक विस्तारकाे काम तीव्र
चितवन ।  पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न...
जाउलाखेल क्लब आहारारा पोखरा गाेल्ड कपको सेमिफाइनलमा
पोखरा । जाउलाखेल युथ क्लब पोखरामा जारी २५ औँ संस्करणको आहारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३—० गोलले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । जाउलाखेलका लागि धर्बेन्द्र कुँवर, निकोलस र सुजन गुरुङले एक/एक गोलको योगदान दिनुभयो । खेलको ४८ औँ मिनेटमा धर्बेन्द्र कुँवरले...
कास्कीमा एक महिनामा १७४ वटा मुद्दा दर्ता, १ सय २ जना पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की ले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत माघ महिनामा सम्पादित गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार माघ महिनामा कुल १७४ वटा मुद्दा दर्ता भएका छन् भने १०२ जना प्रतिवादी पक्राउ परेका छन्। अपराध अनुसन्धान तथा नियन्त्रण दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका ८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग...
पोखरा–५ पर्स्याङमा सन्तानेश्वर महादेव मन्दिरको १ करोड ६५ लाखमा पुनर्निर्माण गरिने
पोखरा । पोखरा महानगरपालिका–५ पर्स्याङस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर को पुनर्निर्माण कार्यको शिलान्यास गरिएको छ। महाशिवरात्रिको अवसर पारेर आयोजित कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद बराल ले मन्दिर पुनर्निर्माणको औपचारिक शुभारम्भ गर्नुभयो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले प्रस्याङ पार्क क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउन गुरुयोजना तयार गरिएको जानकारी दिनुभयो। पार्क परिसरमै रहेको...
दुई उम्मेदवारको झम्काभेट
भेटमा देखियो राजनीतिक प्रतिस्पर्धा भन्दा माथिको हार्दिकता
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको माहोलसँगै उम्मेदवारहरू मतदातासँग मत माग्न व्यस्त छन् । यही व्यस्त चुनावी दौडधुपकाबिच आज पोखरा–१४ चाउथेस्थित शिव मन्दिर परिसरमा देखिएको एक दृश्यले राजनीतिक प्रतिस्पर्धाभन्दा माथिको हार्दिकता र सहअस्तित्वको सन्देश दिएको छ । कास्की क्षेत्र नम्बर एकमा नेकपा एमालेले जिल्ला पार्टी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाएको...
राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा उहाँले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई...
निर्वाचन १८ दिन बाँकी
 आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत...