टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

TURKIS-AIR

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ । यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो ।

लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको विमानस्थल सुरक्षा स्रोतले बतायो । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।यात्रुहरु सकुशल छन् । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको विमानस्थल स्रोतले बतायो ।

प्रतिक्रिया