पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

sadak-1

फाइल तस्बिर । बेनी जोमसोम सडक

म्याग्दी। पवित्र तीर्थस्थल मुक्तिनाथ तथा दामोदरकुण्ड पुग्ने मुख्य सडक मार्ग बेनी–जोमसोम सडक खण्ड मङ्गलबार बिहानदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित सडक माथिबाट ढुङ्गा र लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोली पहिरोस्थलमा पुगेर सडक खुलाउने प्रयासमा जुटे पनि तत्काल सफल हुन नसकेको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रहरी हवल्दार विनोदकुमार चौहान नेतृत्वको टोली पहिरोस्थलमा खटिएर सहजीकरण गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया