वैशाखको तेस्रो साता पोखरामा अन्तर्राष्ट्रियस्तरको भलिबल हुने

वैशाखको तेस्रो साता पोखरामा अन्तर्राष्ट्रियस्तरको भलिबल हुने

volley ball news pokhara photo

पोखरा । पोखरामा वैशाख तेस्रो साता अन्तर्राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेल भलिबललाई प्रवद्र्धन गर्ने उद्देश्यले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५एम नेपालले वैशाख १८ गतेदेखि २२ गतेसम्म लायन्स कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

विश्वमा लायन्स क्लब स्थापनाको १ सय ७ वर्ष र नेपालमा ५४ वर्ष पुगेको अवसरमा आयोजित प्रतियोगितामा २ विदेशीसहित ६ टिमको सहभागिता रहने लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एमका गभर्नर चण्डीप्रसाद अर्यालले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । लायन्स कप भलिबलमा पाकिस्तान भलिबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, भारत र इरान मध्येबाट एक टिम प्रतियोगितामा सहभागी हुने आयोजक संस्थाका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिनुभयो ।

करिब ८० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगताको विजेतालाई ४ लाख ४४ हजार ४ सय ४४ रुपियाँ र उपविजेतालाई २ लाख ४४ हजार ४ सय ४४ रुपियाँ प्रदान गरिनुका साथै सर्वोत्कृष्ट खेलाडी पुरस्कार १ लाख ४४ हजार ४ सय ४४ र विभिन्न विधागत पुरस्कार ८ हजार ४ सय ४४ रहेका अर्यालको भनाइ छ ।

भलिबल खेलको प्रवद्र्धनका साथै युवा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरका भलिबल खेलाडीसँग प्रतिष्पर्धाको अवसर प्रदान गर्नु, पोखरालाई खेल पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने, खेलकुदमार्फत् अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न पनि प्रतियोगिता आयोजना गरिएको अर्यालले बताउनुभयो । पोखरा रङ्गशालाको मल्टिपर्पोज हलमा हुने प्रतियोगितामा ३ सय टिकटसमेत तोकिएको छ ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds