खेलकुद

पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक, तयारी पूरा
सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा बिहिबार पोखरामा पत्रकार सम्मेलनबीच ट्रफी सार्वजनिक गरेको हो। अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी,...
पोखरा स्पोर्ट्स अवार्डः रौनकता बढ्दै, तयारीमा तिव्रता
गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता दिइएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा गरेको अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुनेछ। अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समितिसहित विभिन्न १३ वटा उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको मञ्चका...
सातौं पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट महिला खेलाडीको टाइटल हात पार्न रोजिना, सावित्रा र सुस्मिताको दौड
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न ३ जना खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ। यसरी, प्रतिस्पर्धा गर्नेमा आर्चरीकी रोजिना थापामगर, फुटबलकी सावित्रा भण्डारी (साम्बा) र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर छन्। उत्कृष्ट ३ को मनोनयनमा परेका रोजिना र सुस्मिता बागलुङका हुन्। सावित्रा भण्डारी (साम्बा) लमजुङ जिल्लाकी हुन्।...
सातौं पोखरा स्पोर्ट्स अवार्डः विद्याप्रसाद मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिदैँ
बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो। उपसमितिको सिफारिसलाई मञ्चको २३ औं...
पोखरा स्पोर्ट्स अवार्डः मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’
टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ ‘मेक्सम गौडेल’ बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन्। पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोर्ट्स अवार्डमा दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै उनले हसाउँनेछन्। पछिल्लो समयमा दर्शकको आर्कषण देखिएको ‘स्ट्यान्ड अप कमेडी’लाई यस पटकको अवार्ड कार्यक्रममा...
सातौं पोखरा स्पोर्ट्स अवार्डः किशोर, निरज र सुरज वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडको होडमा
गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै छ। अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ। अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र १३ वटा विभिन्न उपसमिति निर्माण गरेको छ। यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका...
सातौं स्पोर्ट्स अवार्डः उदीयमान टाइटलको मनोनयनमा सुमित, रवि र सुवासबीच कडा प्रतिस्पर्धा
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड–२०७९ को रौनक बढ्दै गएको छ। अवार्ड अन्तरगतका ४ विधाको मनोनयन सार्वजनिक भएपछि अवार्डप्रतिको रौनकता थप बढेको हो। मञ्चले अवार्डको तयारीलाई थप तिव्रता समेत दिएको छ। मनोनयनमा सार्वजनिक भएका विधामध्ये उदीयमानतर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ। यस विधातर्फको मनोनयनमा गण्डकी...
पोखरा स्पोर्ट्स अवार्ड २०७९ को मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ। बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले ४ विधामा मनोनयनमा पर्न सफल भएका ३÷३ जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धीको आधारमा मनोनयन सार्वजनिक गरिएको...
पोखरा स्पोर्ट्स अवार्डलाई केल्मीको साथ
नेपाली बजारमा छुट्टै स्थान बनाएको केल्मी ब्राण्डले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सहयोग गर्ने भएको छ। यही बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने उक्त अवार्डलाई सफल पार्न केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। उक्त प्रा.लि.का म्यानेजिङ डाइरेक्टर उत्तम...
पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने राखेपको प्रतिवद्धता
सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सघाउने भएको छ। आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल एवं सचिव शशीकुमार पौडेलसँगको भेटमा...