पत्रकार रोहितराज पराजुलीलाई वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान

पत्रकार रोहितराज पराजुलीलाई वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान

Rohit Raj Parajuli, Journalist Final

पत्रकार रोहितराज पराजुली वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्डबाट सम्मानीत भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा पराजुलीलाई सो अवार्डद्वारा सम्मान गरिएको हो।

पराजुलीलाई दोसल्ला ओढाएर नगद ३५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो।

गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी र महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले पराजुलीलाई सो पुरस्कारद्वारा सम्मान गरेका हुन्।

पत्रकारितालाई मुख्य पेशा बनाएर पत्रकार पराजुली २० वर्ष भन्दा अघिदेखि पोखरामा कृयाशील छन्।

पोखराको स्थानीय संचारमाध्यममार्फत संचार कर्म सुरु गरेका पराजुली हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds