पोखराको सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड प्रदान गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा सहारा क्लबलाई ‘उत्कृष्ट खेल संस्था वा क्लब’तर्फको अवार्डद्वारा सम्मान प्रदान गरिएको हो।
सहारा क्लबलाई नगद ३५ हजारसहित ट्रफी प्रदान गरेको हो।

यसैगरी, ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरीयताप्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मानीत भएका छन्।

This will close in 10 seconds