खेलकुद

अरुणा शाहीलाई गण्डकी विश्वविद्यालयको सम्मान
गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ। विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच अरुणालाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले सम्मान गरेका हुन्। कस्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो। हालै, काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा वुमन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत...
पलेशालाई नेपाल सरकारले ६५ लाखको पुरस्कार दिदैं
पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नेपाल सरकारबाट ठूलो राशिको पुरस्कार मिल्दैछ। पलेशालाई नेपाल सरकारले ६५ लाखको रुपैयाँ पुरस्कार दिदैंछ। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५–८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार...
पलेशाले पेरिस पारालिम्पिक्सबाट नेपाललाई दिलाइन् ऐतिहासिक पदक
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन्। के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल पनि भइन्।...
राष्ट्रिय महिला भलिबल खेलाडीलाई पुरस्कार
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई पुरस्कार वितरण गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज (बिहीबार) आयोजित कार्यक्रममा नेपाली टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही ३/३ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो। मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले २ लाख रुपैयाँ पुरस्कार पाए। सहायक प्रशिक्षक भरत यादव,...
बंगलादेशले जित्यो साफ यु– २० च्याम्पियनसीपको उपाधि
घरेलु टोली नेपाललाई हराउँदै बंगलादेशले २० वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हरायो। पहिलो हाफमा १ गोल गरेको बंगलादेशले दोस्रो हाफमा ३ गोल थप्यो। बंगलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे। यस्तै, खेलको ५४ औं मिनेटमा गोयरी, ७० औं...
एपीएफ एएफसी महिला च्याम्पियन्स लिग चरणबाटै बाहिरियो
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। मलेसियाको लिकस रंगशालामा बुधबार भएको खेलमा घरेलु टोली सबाह एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि एपीएफ प्रतियोगिताबाट बाहिरिएको हो। समूह ‘सी’ को एपीएफले पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नासफसँग १–० ले पराजित भएको थियो। त्यसैले, दोस्रो खेलमा एपीएफलाई जित्नै पर्ने दबाब थियो। तर, एपीएफले...
पोखराको लामाचौरमा यस वर्षपनि भलिबल प्रतियोगिता हुने
पोखराको लामाचौरमा हरेक वर्ष हुने तीज महोत्सवमा यस वर्षपनि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताले निरन्तरता पाउने भएको छ। महोत्सवको मुख्य आकर्षण नै राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हुने गर्दछ। महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप भलिबल प्रतियोगिता हो। दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५÷५ टिमले प्रतिस्पर्धा गर्नेछन्।...
नेपाल साफ यु–२० च्याम्पियनसीपको फाइनलमा
नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज (आइतबार) भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकर शुट–आउटमा ४–१ ले हराउँदै फाइनल पुगेको हो। निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर शुट–आउटमा पुगेको हो। टाइब्रेकर शुट–आउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका २ टाइब्रेकर शुट बचाए। यस्तै,...
साफ यु–२० च्याम्पियनसीपमा नेपाल समूह विजेता
साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज (बिहीबार) भएको खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो। नेपालको जितमा खेलको १७ औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे। बंगलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल...
नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा
घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। आज (मंगलबार) भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकबिहीन...