खेलकुद

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज
पोखरा । पहिलाे पटक पाेखरामा आयोजना गरिएको  एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वर्षेनी गर्दै आएको अवार्डको २२औँ संस्करण हो । पोखरा सभाग्रहमा हुने अवार्ड कार्यक्रम दिउँसाे ३ बजे सुरु हुनेछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको पूर्वसन्ध्यामा मङ्गलबार स्पोर्टस समिटको आयोजना गरिएको थियो...
१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदकसहित कालिका माविले जित्यो
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो ।  द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद...
पाेखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद जारी
पोखरा । पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए ।...
पोउवा संघले दियो ४४० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा। पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले  मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीसहित संघका अध्यक्ष गोकर्ण कार्की,पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनसहित संघका पदाधिकारी, कार्यसमितिका सदस्य...
२२ औं माछापुच्छ्रे  पोखरा ओपन तथा भेट्रान्स  अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने
पोखरा । पुष ११ देखि पोखरामा २२ औं माछापुच्छ्रे  पोखरा ओपन तथा भेट्रान्स  अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस स‌ंघको आयोजनामा हुने  प्रतियोगितामा नेपाल, भारत, भुटान, हङकङ लगायतका देशबाट सय बढी खेलाडीहरुले सहभागिता जनाउने संघद्वारा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा मेन्स तथा उमेन्स सिंगल्स, डबल्स तथा ३५+,४५+,५५+,६५...
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टाइगर कप पुरुष तथा महिला भलिबल माघ ९ देखि पोखरामा
पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गते सम्म चल्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माका अनुसार प्रतियोगितामा ४ विदेशीसहित...
बाल प्रतिभा पहिचान महोत्सव सिकाइको थलो
पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल...
एनपिएलमा पोखरा र चितवनलाई जित्नै पर्ने बाध्यता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच हुँदैछ। पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौंले भने...
एनपिएलमा आज दुई खेल हुने
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा...
एनपिएल
  पोखरा र लुम्बिनी तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको...