खेलकुद

आहा ! रारा पोखरा गोल्डकपः संकटा फाइनलमा
संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विभागीय सशस्त्रको एपीएफ क्लबलाई ४–१ ले पाखा लगाउँदै संकटाले फाइनल यात्रा तय गरेको हो। १९ संस्करणको विजेता संकटाले सुरुवाती ५ औं मिनेटमै अग्रता लियो। स्टेफन बिनोङले संकटालाई सुरुवाती अग्रता दिलाए। एपीएफका...
आहा ! रारा पोखरा गोल्डकप: सेमिफाइनल समिकरण पूरा
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। पोखरा रंगशालामा मनाङ मस्र्याङ्दी र विदेशी भुटनिज स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएबीचको अन्तिम क्वार्टरफाइनल सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो। प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलबाट विदेशी बीवाइएस्सी युएसएले सेमिफाइनल यात्रा तय गरेको छ। अब, बीवाइएस्सी युएसएसँगै संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब र...
१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च यही फागुन ६ गते हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ। प्रतियोगिताको तयारी थालेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। म्याराथनको तयारीबारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए। अध्यक्ष पराजुलीका...
आहा ! रारा पोखरा गोल्डकप: संकटा सेमिफाइनलमा
संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (सोमबार) भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हराउँदै संकटाले सेमिफाइनलमा स्थान बनाएको हो। सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पहिलो खेलबाटै बाहिरियो। संकटाको जितमा मेस्सुके, सुरजज्यू ठकुरी र स्टेफेनले गोल गरे। आर्मीको...
अग्रज पत्रकार नारायण कार्कीलाई सम्मान
स्वतन्त्रताका सेनानी एवं अग्रज पत्रकार नारायण कार्की मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीद्वारा सम्मानीत भएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा एकेडेमीले पत्रकार कार्कीलगायत पूर्व फुटबल खेलाडी र नृत्यकर्मीलाई सम्मान गरेको हो। गण्डकी प्रदेशसभा सदस्य खगराज अधिकारीले पत्रकार कार्कीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन्। त्यस्तै, एकेडेमीले पूर्व फुटबल खेलाडी...
निरज गुरुङले जिते गण्डकी प्रदेशस्तरिय ठेलोको उपाधि
निरज गुरुङले गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगिताको उपाधि जितेका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगितामा निरजले उपाधि जितेका हुन्। पोखरा रंगशालामा आज (सोमबार) आयोजित ठेलो प्रतियोगितामा निरजले १५.१९ मिटर ठेलो फाल्दै पहिलो भए। उनले नगद ३५ हजार रुपैयाँ नगद पुरस्कार जिते। त्यस्तै, प्रतिस्पर्धी किरण...
माघको ८ देखि पोखरामा तेस्रो संस्करणको टाइगर कप भलिबल
आगामी माघको ८ गतेदेखि पोखरामा तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता हुने भएको छ। ‘टाइगर ग्रुप अफ पोखरा नेपाल’को आयोजनामा तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। प्रतियोगितामा २ विदेशी क्लबसहित महिला र पुरुषतर्फ गरी ५/५ टिमको सहभागिता...
आहा ! रारा पोखरा गोल्डकप: चर्च ब्वाइजसँग मच्छिन्द्र स्तब्ध
नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (आइतबार) भएको प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पाखा लगाउँदै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो। आशिष चापागाइँको २ गोल मद्दतमा चर्च ब्वाइजले पहिलो हाफमा २ गोल र दोस्रो...
आहा ! रारा पोखरा गोल्डकप: एपीएफ सेमिफाइनलमा
साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा शनिबार भएको प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लबलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। एपीएफले पहिलो हाफमै गोलको नतिजा निकालेकाले सहजै सेमिफाइनल प्रवेश गर्‍यो। एपीएफको जितमा बिकु तामाङ र युवराज खड्काले गोल गरे।...
आहा ! रारा पोखरा गोल्डकप: चर्च ब्वाइजसँग पुलिस स्तब्ध
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले क्वार्टरफाइनलमा स्थान बनाएको छ। नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड आरा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम ८ मा पुगेको हो। आहा ! रारा पोखरा...