पोखरा

पोखरामा पर्यटकसँगलाई अनावश्यक दुख दिने १६ महिला पक्राउ
पोखरा । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडबाट १६ जना महिलाहरु पक्राउ परेका छन् । रातको समयमा आन्तरिक एवं वाह्य पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा एकैपटक यति ठूलो संख्यामा महिलाहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट गएराति खटिएको प्रहरी टोलीले राति...
नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभा जेठ ९ मा
पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीले जेठ ९ गते साधारण सभा गर्ने भएको छ । वैशाख ६ गते आइतबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पत्र अनुसार कास्की शाखाले साधारण सभा गर्ने निर्णय गरेको हो । सोही अनुसार कास्की शाखाको १८ औं साधारण सभाको तयारी तीब्र पारिएको...
मादी गाउँपालिकालाई टुक्र्याउन प्रस्ताव
पाेखरा । कास्की जिल्लाको मादी गाउँपालिकाका बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक कार्यकर्ताहरुको भेलाले मादी गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउन  प्रस्ताव गरेको छ । मादी गाउँपालिकाका ८,९,१०,११,१२ वडाका बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक कार्यकर्ताहरुको भेलाले मादी गाउँपालिका अत्यन्त ठूलो भएकाले प्रशासनिक सेवा लिन कठिन भएको निस्कर्स निकाल्दै गाउँपालिका टुक्याउने निर्णय गरेको हो । भौगोलिक हिसाबले विकट, छरिएर...
सांगीतिक प्रस्तुति दिँदा श्रष्टाकाो नाम अनिवार्य उच्चारण गर्न माग
पोखरा ।  गीत बज्ने तर त्यसका स्रष्टा ओझेलमा पर्ने प्रवृत्तिविरुद्ध पोखराबाट सशक्त आवाज उठेको छ । अब कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक÷गायिकाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत÷सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक÷गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा प्रस्तुत अवधारणापत्रमार्फत यस्तो माग अघि...
पोखरामा सृजना पौडेल केसी हत्या प्रकरण : थप दुई जना पक्राउ
पोखरा ।  पोखरा महानगरपालिका–८ सभागृह चोक नजिक शिवालय चोकस्थित पृथ्वीचोक–सृजनाचोक सडक खण्डमा भएको सृजना पौडेल के.सी. हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। गत चैत २५ गते साँझ करिब ७:१५ बजे पोखरा महानगरपालिका–५ जिरो किलोमिटर घर भई हाल वडा नं. १८ सेदी बस्दै आएकी ४२ वर्षीया सृजना पौडेल के.सी.लाई धारिलो हतियार प्रहार गरी...
फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड
पोखरा । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय...
पोखरामा २१ औं फेवा नव वर्ष महोत्सव सुरु
पोखरा । सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र...
फेवा  नववर्ष महाेत्सव आजदेखि, वैशाख १ गतेसम्म सञ्चालन हुने  
पोखरा ।  २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि सुरु  सुरु हुने महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । खहरेदेखि सहिदचोकविचको सडकमा आयोजना हुने महोत्सवमा भाग लिन पर्यटकहरु पोखरा आउने क्रम सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी...
राखी मिजुरे सडकको लागि एघारौं दिनसम्म आईपुग्दा ४०० जना श्रमदाताले गरे श्रमदान
पाेखरा । कास्कीको पुरानो सडक राखी मिजुरेको विकासका लागी त्यस भेगका सामाजिक अभियान्तहरुले शुरु गरेको जनश्रमदान अभियानको एघारौं दिन पुग्दा ४०० जना श्रमदाताहरु स्वतस्फूर्त उत्साहका साथ जोडिनुभएको छ । आठौं दिन पुगेपछी अभियान सन्चालन कार्यसमिती, सल्लाहकार तथा अनुगमन समितिको संयुक्त बैठक सम्पन्न गरि समीक्षा समेत गरिएको थियो । बैठकले उत्साहजनक रुपमा सहभागिता जनाउनुहुने श्रमदाताहरुप्रति धन्यवाद...
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन
पोखरा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले नयाँ वर्षको शुभकामना आदानप्रदान सहित २०८३ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । कार्यसमिति,उपसमिति सल्लाहकार सहितको उपस्थितिमा भएको क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशब बहादुर खत्रीले ब्यवसायी साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार पोखराको...