पोखरा । पाेखरा २८ कालिकामा रहेकाे जनज्योति मा .वि . भुपु बिधार्थी मञ्चको पहिलो साधारण सभा तथा अधिबेशन असार ६ गते सामुदायिक सभा हल, पोखरा-२८, कालिकास्थानमा हुने भएकाे छ ।


जनज्योति मा. बि. भुपु विद्यार्थी मन्चको बैधानिक रुपमा २०८२ पौष १० गते दर्ता गरि कानुनी मान्यता प्राप्त गरेको जानकारी दिदै संयोजक कीर्तिबल्लभ त्रिपाठीले सस्था दर्ता भएको मितिले ६ महिना भित्र अधिबेशन गर्नुपर्ने कानुनी प्राबधान अनुसार मिति २०८३ जेष्ठ २० गते सल्लाहकार सहित कार्यसमितिको बैठकले यहि असार ६ गते पहिलो साधारण सभा एबम अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए ।
संयोजक त्रिपाठीले असार ५ गते ( अधिबेशन भन्दा अघिल्लो दिन) सम्म बनेका सदस्यहरुलाइ निर्वाचन प्रक्रियामा समाबेश गराइने भएकाले जनज्योति मा. बि. भुपु विद्यार्थी मन्चको सदस्यताको लागि सम्पुर्ण भुपु विद्यार्थी साथिहरुलाइ सम्पर्कको लागि अनुरोध समेत गरे ।

वि.स. २०१६ सालमा स्थापना भएको विद्यालयले २०२६ सालदेखि एसएलसी परीक्षामा समावेश हुँदै आएको थियो । अधिबेशनमा ठुलो संख्यामा भूपु विद्यार्थी शिक्षकहरु सहभागिता हुने अपेक्षा गरिएकाे छ ।

जनज्योति मावि