टिपरको ठक्करले बन्दीपुरका खत्रीको पोखरामा मृत्यु

टिपरको ठक्करले बन्दीपुरका खत्रीको पोखरामा मृत्यु

accident_UPDhwBMd6M

पोखरा । पोखरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा–२७ डाँडाकोनाक अगाडि दुर्घटना भएको हो । दुर्घटनामा तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय विष्णुबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकललाई खत्रीले चलाएका थिए । दुर्घटना बिहान करिब ११ः२५ बजे भएको थियो ।

टिपरको ठक्करबाट खत्री गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सकले बिहान ११ः४५ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ । ‘घाइतेलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्,’ प्रहरीले भने ।

दुर्घटनामा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ । इलाका प्रहरी कार्यालय डाँडाकोनाकले टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ साखरका ३३ वर्षीय पदमबहादुर थापा छन् ।

प्रतिक्रिया