बुद्व विशाल बजार व्यापारिक एशोसियसनद्वारा बाढी पीडितलाई २५ हजार सहयोग

बुद्व विशाल बजार व्यापारिक एशोसियसनद्वारा बाढी पीडितलाई २५ हजार सहयोग

buddha bishal

बुद्ध विशाल बजार

पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ हजार रूपिया आर्थिक सहयोग गर्ने भएको छ ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘विपद्को यस विषम परिस्थितिमा प्रभावित परिवारको उद्धार, सहायता र पुनःस्थापना कार्यमा थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले एशोसियसनले यो सहयोग गरेको बताइएको छ ।
बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाका नागरिक प्रभावित भएका थिए । ती क्षेत्रका पीडित परिवारलाई तत्काल राहत र आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले  मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सबै नेपाली एकजुट हुनुपर्ने कुँवरले बताए ।

अध्यक्ष कुँवरले २५ हजार रुपैयाँ आफैँमा ठूलो रकम नभए पनि यो सहयोगले पीडितको घाउमा मलम लगाउन खोजेको उल्लेख गरे । ‘बाढीले घरबार र आफन्त गुमाएका परिवारको पीडा कुनै रकमले पूरा गर्न सक्दैन’, उनले भने, ‘यो सहयोगमा केवल पैसा मात्र छैन, पीडितको दुःखमा हामी पनि साथमा छौँ भन्ने आत्मीयता र सहारा बन्ने एउटा सानो प्रयास लुकेको छ ।’ उनले दुःखको समयमा भूगोल, जिल्ला र सीमाभन्दा माथि उठेर मानवीयता देखाउनु नै सबैभन्दा ठूलो धर्म भएको विचार व्यक्त गरे ।

प्रतिक्रिया

भर्खरै