पोखरा

३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं १३ औं क्यान इन्फोटेक मंसिर १७ देखि २१ गतेसम्म हुने
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि घोषित ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२,पोखरा एवं १३ औं क्यान इन्फोटेक २०८२ को तयारी सुरु गरेको छ । सङ्घका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । सङ्घले मेलालाई विशुद्ध स्वदेशी उत्पादन...
एमालेले पोखरामा गर्‍यो मोटरसाइकल र्‍याली प्रदर्शन
पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी, कास्कीले पोखरामा शनिबार बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । जेनजी आन्दोलनपछि दाङलगायत देशका विभिन्न स्थानमा गरिएको र्‍यालीको निरन्तरता स्वरूप कास्कीमा पनि र्‍याली निकालिएको एमालेले जनाएको छ । पोखरा सभागृहबाट सुरु र्‍याली पृथ्वीचोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहीद चोक पुगेर कोणसभामा परिणत भएको थियो । एमाले...
प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना पक्राउ
पोखरा । कास्की जिल्लामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत भदौ २४ गतेको  जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी...
गीतकार  आरजु विष्टलाई सम्मान गरिने
पोखरा। यस वर्षको गीतकार सम्मान आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरिने भएको छ । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर कार्तिक १५ गते शनिवार पोखरामा गीतकार सल्यानीलाई ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित गीतकार सम्मान २०८२ प्रदान गर्ने भएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ...
लामो बिदाले पोखरामा बढे आन्तरिक पर्यटन
पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । अन्नपूर्ण हिमशृङ्खलाको मनोरम...
पोखरामा बिक्री घट्यो प्लास्टिकका फूलमालाको
पोखरा । पोखरा महानगरपालिकामा प्लास्टिकका फूल र माला (गुच्छा)को बिक्री–वितरण क्रमशः कम हुँदै गएको छ। महानगरले चार वर्षअघि प्लास्टिकजन्य फूल–मालाको बिक्रीमा रोक लगाएको निर्णयको कार्यान्वयन प्रभावकारी बन्दै गएपछि बजारमा यसको प्रयोग घटेको पाइएको हो। महानगरको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले हालै सहरका करिब १० वटा फूलसम्बन्धी पसलको अनुगमन गर्दा केही ठाउँमा थोरै मात्रामा...
धारिलो हतियार देखाई विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई युवक पोखरामा पक्राउ
पोखरा  । धारिलो हतियार देखाई जर्मन नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ असोज २ गते बिहान करिब ९ बजेर १० मिनेटतिर पोखरा महानगरपालिका–२२ अनदु जंगलको सार्वजनिक स्थानमा जर्मनीका ६७ वर्षीय एन्स पिटर मार्टिन (ANS PETER MARTIN) एक्लै हिँडिरहेको अवस्थामा दुई जनाले...
ठूलाकोट कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न
पोखरा । पोखरा महानगरपालिका २८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा २८ कृषि क्षेत्र रहेको हुनाले कृषि सहकारीको ठूलो महत्व रहेको बताउदै ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरिरहेको बताए । वडा अध्यक्ष लामिछानेले कृषिमा...
कब्जामा लिएको १५ मिनेटमै प्रदर्शनकारीले ध्वस्त बनाएका थिए गण्डकी प्रदेशसभा भवन
अनुप पौडेल /कास्की । संघीय संसद् भवन र पोखरा महानगरपालिकाको कार्यालय आगजनी भएपछि गण्डकी प्रदेशसभामा निकै त्रास फैलिएको थियो । बिहान कार्यालय समयमा हाजिर भएका कर्मचारी दिउँसो ३ बजेतिर क्यान्टिनमा थिए । यो समय करिब ३ सयको संख्यामा जनपद र सशस्त्र प्रहरी गेटमा तैथान थिए । त्यसैले प्रदर्शनकारीले आगजनी र तोडफोड गर्लान् भन्ने कर्मचारीले कल्पना...