समाचार

युद्धविरामकाबिच अमेरिकाले गर्‍यो इरानमा आक्रमण
काठमाडौं । जारी युद्धविरामका बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गर्दै हमला गरिएको हो । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले एक विज्ञप्तिमा ती आक्रमण ‘आत्मरक्षा’का लागि गरिएको दाबी गरेको छ । सेन्ट्रल कमान्डका...
सातवटै प्रदेश सरकार फेरबदलको कसरत
काठमाडौं । संघीय संसदमा साना दलको हैसियतमा सीमित पुराना दलहरू केन्द्रको ‘खसखस’ मेटाउन प्रदेशमा झरेका छन् । केन्द्रीय सरकारमा सधैँ गठबन्धन गर्दै सत्ता फेरबदलको खेल गर्दै आएका यी दलहरू पछिल्लो निर्वाचनमा साना दलको हैसियतमा सीमित भएका छन् ।२१ फागुनको निर्वाचनपश्चात् केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ । गठबन्धन...
भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने दिल्ली जाँदै
काठमाडाैं । नेपाल–भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन्। तीन सदस्यीय भ्रमण टोली भारत भ्रमणमा जाने निश्चित भएको रास्वपाका एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए। ‘सभापति, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा भारत जाने कार्यक्रम तय भएको छ,’ ती नेताले भने।...
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका १६ उजुरीमाथि आजदेखि संसदीय सुनुवाइ
काटमाडाैं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया मंगलबार आज नै अघि बढाइने भएको छ। प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेको उजुरी खोल्नका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे बोलाइएको छ। यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गर्ने...
एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने
काठमाडाै‌ं । नेकपा(एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सदस्यता नवीकरणको निर्णय गरेको हो। यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भण्डारीको सदस्यता नवीकरण रोकिएको थियो। पछिल्लो समय पार्टी समस्यामा परेपछि भण्डारीलाई पनि पार्टीमा स्थान दिन लागिएको छ। भण्डारीले पनि आफ्नो सक्रियता बढाएकी छिन्। कतिपयले भण्डारीकै नेतृत्वमा पार्टी...
लेखनाथमा खुल्यो यातायात कार्यालय
पोखरा । कास्कीको पोखरा महानगरपालिकाको साविक लेखनाथमा शुक्रबारदेखि यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा ३० स्थित साविक सहिद स्मारक आधारभूत विद्यालय रहेको भवनमा कार्यालय स्थापना गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार यातायात व्यवसायी झलक बराललाई पटके सवारी अनुमति प्रदान गरी यातायात कार्यालयको सेवा सुरुआत गर्नुभयो । मुख्यमन्त्री पाण्डेले...
विपक्षीको विरोधबीच प्रतिनिधि सभाबाट सरकारको ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित
काठमाडाैं । विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिएपछि उक्त कार्यक्रम अनुमोदन भएको हो।अर्थमन्त्रीको जवाफ सकिएलगत्तै सभामुखले नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।...
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानविनका लागि समिति गठन
पोखरा । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहकी...
वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरक–फरक मुलुक पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौँको टोखा बस्ने ३७ वर्षीय सागर गौतम...
एसइई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण
पोखरा । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ । एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ। शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत...