समाचार

रास्वपाको आन्तरिक सत्ता संघर्षले राष्ट्रियतामाथि संकटको चिन्ता बढ्यो : एमाले
काठमाडौं । नेकपा एमालेले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको औंल्याएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् । उनले बालेन्द्र सरकारको छाटो शासनकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमाथि गम्भीर प्रश्न खडा भएको बताए । अगाडि भनेका छन्, ‘रास्वपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट...
सुदूरका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे। विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। २९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट...
प्रतिनिधिसभामा भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
काठमाडौँ । प्रतिनिधि सभाको आगामी भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद ९ मा रहेको व्यवस्था बमोजिम उक्त दिनको बैठकमा प्रश्नोत्तरको समय निर्धारण गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले सोमवारको बैठकमा गराएको जानकारीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा...
यलुङ–री हिमालमा पाँच शव देखिए, पुष्टि हुन बाँकी
दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा पाँच जनाको शव देखिएको स्थानीयले जानकारी दिएपछि त्यसको अनुगमन तथा उद्धारका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण घटनास्थलसम्म पुग्न सकेको छैन । गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमागेली शेर्पाका अनुसार सिमीगाउँबाट हेलिकोप्टर उडानका लागि गत शुक्रबारदेखि प्रयास भइरहेको छ । तर मौसम खराब भएका कारण...
प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...
प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौँ। संघीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा पाँच वटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। कार्यसूचीअनुसार, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने छ । प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा...
आठ वटा सुरुङमार्ग बन्दै तेइस अध्ययन क्रममा
काठमाडौँ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङमार्ग युगमा प्रवेश गरिसकेको छ । योबाहेक अहिले मुलुकभरि आठ वटा सुरुङमार्ग निर्माण भइरहेका छन् । प्रस्तावित २३ वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन क्रममा छन् । प्रस्तावित सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगायतका काम भइरहेका छन् । चालु आर्थिक वर्षमा प्रस्तावित सुरुङमार्गको विभिन्नखाले अध्ययनका लागि ६७ करोड...
इपिएस–टोपिक २०२६ का लागि आवेदन खुला
ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको साउन ४ गतेको निर्णयअनुसार गणतन्त्र कोरियामा रोजगारका लागि योग्य नेपाली कामदार छनोट गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको शाखाले जनाएको छ। शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै...
भारतको सिक्किम सुरुङ दुर्घटनामा ९ जनाको मृत्यु
भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य कठिन बनेको अधिकारीहरूले मंगलबार बताएका छन् । दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको काम गरिरहेका...
संघीय संसद्का पदाधिकारी र सदस्यले स्वकीय सचिव राख्ने बाटो खुल्यो
पोखरा । संघीय संसद्का सदस्य र पदाधिकारीको स्वकीय सचिवालयसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले यसलाई औपचारिक रूपमा लागू गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यो निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा सूचना आएसँगै कर्मचारीको तह र सुविधाको प्रावधान सुरु भएको छ । सरकारले यो व्यवस्था लागू गरेपछि सचिवालय सञ्चालन...