समाचार

वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरक–फरक मुलुक पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौँको टोखा बस्ने ३७ वर्षीय सागर गौतम...
एसइई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण
पोखरा । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ । एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ। शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत...
आजदेखि देशभर सरसफाइ सप्ताह सुरु
पोखरा । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आज (सोमबार)देखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार...
टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ । यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको विमानस्थल सुरक्षा स्रोतले बतायो । यात्रुहरुलाई इमर्जेन्सी...
संघीय संसद्को बजेट अधिवेशन आजदेखि
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५...
दुई दिनभित्र एसइईको नतिजा प्रकाशन गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । ‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज...
यार्सागुम्बा टिप्न गएका २५ जना मुगु प्रहरीको नियन्त्रणमा
मुगु । हिमाली जिल्ला मुगुको पूर्व भेग मुगुम कार्मारोङ गाउँपालिकामा बहुमूल्य जडीबुटी यार्सा टिप्न जाँदै गरेका २५ जना पक्राउ परेका छन् । । मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । जुम्ला पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित...
भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’
काठमाडौं । चीनले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका दुई पूर्वरक्षामन्त्री तथा कम्युनिस्ट पार्टीका नेतालाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ । भ्रष्टाचारको मामिलामा दुई पूर्वरक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो । बीबीसीका अनुसार, चिनियाँ अदालतले पूर्व रक्षामन्त्रीहरूविरुद्ध ठूलो परिमाणमा घुस लिएको र शक्ति दुरुपयोग गरेको निष्कर्ष निकाल्दै यस्तो फैसला गरेको हो ।...
एकैसाथ १२ कर्मचारी ट्रेड युनियनको दर्ता खारेज, अदालत जाने तयारीमा ट्रेड युनियन
काठमाडाैं । सरकारले एकैसाथ १२ वटा कर्मचारी ट्रेड युनियन खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश अनुसार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै ट्रेड युनियनहरू खारेज गरेको हो । विभागले श्रम ऐनअन्तर्गत दर्ता भएका ट्रेड युनियनहरू मूल ऐनको व्यवस्था खारेज भएको जनाएको छ । विभागको पञ्जिकाधिकारीको निर्णयबाट ट्रेड युनियनको दर्ता खारेज गरिएको...
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गर्नुभयो । मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीतिनिर्माणमा आधार प्रदान गर्ने उद्देश्यले...