बाढीले तहस नहस पारेको त्रिशुली बजार ।
काठमाडौँ। रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण ठुलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् । नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदन अनुसार, हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको छ ।

अन्य प्रभावित एजेन्सीहरूमा लिफ होलिडे ५५, हिमालयन ग्लेशियर ५२, माउण्टेन गाइड र अन्य रहेका छन्। बेपत्ता हुने विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिकहरू रहेका छन् । केही पर्यटकहरूको राष्ट्रियता खुल्न अझै बाँकी रहेको बोर्डले जनाएको छ ।
पर्यटन बोर्डले स्थानीय प्रशासन, सुरक्षा निकाय र ट्रेकिङ गाइडहरूसँगको समन्वयमा तथ्याङ्क रुजु गर्ने र खोजी कार्यलाई तीव्रता दिने काम गरिरहेको छ ।
