समाचार

पहिरो–बाढीले राजमार्ग अवरुद्ध, राति आवागमन रोक
काठमाडौँ। देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको बुधबार बिहान ६ः३० बजेसम्मको विवरण अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध भएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–काठमाडौँ चल्ने सम्पूर्ण सवारीसाधनमा रातिको समयमा रोक...
प्रधानमन्त्री राहत कोषमा १ अर्ब ३० करोड रुपैयाँ जम्मा
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो ।...
रसुवा बाढीको वितण्डा
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्र बनाएको छ । हवाई तथा स्थलगत उद्धारसँगै बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरी खोजी कार्य अघि बढाइएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले सोमबार हवाई साधनमार्फत एक जना जर्मन नागरिकसहित...
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९ सय २५ सम्पर्कविहीन
काठमाडौं । रसुवा बाढीमा ज्यान गुमाउनकाे संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९ सय ३९ शव फेला परेका छन् । प्राधिकरणका अुनसार हालसम्म सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो
काठमाडौँ, रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको छ । विपद् जोखिम न्युनीकरण तथा...
आज जनैपूर्णिमा पर्व मनाइँदै
काठमाडौँ। देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव...
भोटेकोशी बाढी : ३ सय ८९ जनाकाे शव फेला
पोखरा। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको  बिहरीबार सम्मको अपडेट अनुसार बाढीमा परी ३ सय ८९  जनाको मृत्यु भएको छ ।  ८६६ जना घाइते तथा उद्धार गरिएको छ। प्रहरीका अनुसार  रसुवामा १६, धादिङ ३३, गोरखा ३२, नुवाकोटका २८, चितवन १३७, तनहुँ २८ र नवलपरासी पश्चिमका २७...
पृथ्वीराज मार्ग आज दिउँसोसम्म सञ्चालनमा आउने
काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध रहेको काठमाडौं-मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो पन्छाउने काम धमाधम भइरहेकोले बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।उनले भने, ‘मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंदेखि...
भोटेकोशी बाढी : बिहीबार बिहान सम्म १६२ शव फेला
रसुवा । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजेसम्म १ सय ६२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपुर  २६,  गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवा २, नवलपरासी २ जना गरी १ सय ५७ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका...
थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन : बाढी पूर्वानुमान महाशाखा
रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको...