समाचार

रसुवा बाढीमा २९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता
काठमाडौँ। रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण ठुलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् । नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदन अनुसार, हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको छ । बोर्डका अनुसार बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक भीषण बाढी आएको थियो । बेपत्ता...
रसुवाकाे टिमुरे लगायतका क्षेत्रमा भीषण बाढी
रसुवा । रसुवामा अचानक आएको ठूलो बाढीले तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ । केही समय आएको बाढीले बस्ती तथा बजार क्षेत्रमा ठूलो क्षति गरेको प्रारम्भिक विवरण आएको छ । रसुवाका डिएसपी अशोक थापाले गत वर्षको भन्दा कम्तीमा १० गुणा ठूलो विनाशकारी बाढी आएको बताए । उनले जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरेका छन् ।...
प्रधानमन्त्री बालेन्द्र साहलाई आज ११ सांसदले प्रश्न साेध्ने
काठमाडौं । संघीय संसदकाे बुधबारकाे बैठकमा ११ जना सांसदले प्रधानमन्त्री बालेन्द्र साहलाई प्रश्न गर्ने भएका छन् । आज दिउँसाे एक बजे बस्‍ने संसदमा उनीहरुले  प्रधानमन्त्री  शाहलाई सीमा लगायतका विषयमा प्रश्न साेध्ने बुझिएको छ ।  बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैगर्दा मात्रै ती विषय सार्वजनिक हुनेगरी व्यवस्थापन गरिएको संसद् सचिवालयले जनाएको छ । यसअनुसार सभामुख डोल...
१२ घण्टापछि सकुशल भेटिइन् २३ महिने बालिका
बारा । बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ महिने बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका–१, कट्टिपर्सा निवासी मुकेशकुमार मण्डलकी छोरी बिन्दीकुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे घरछेउबाट बेपत्ता भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारले राति करिब ८ः४५ बजे प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी...
टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते
टोकियो । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकारीहरूले सुनामीको खतरा नरहेको बताएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्प पाँच...
पहिरोले विभिन्न १० जिल्लाका सडक प्रभावित, केहीमा सवारी चलाउन रोक
काठमाडौँ ।  वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई...
रास्वपाको आन्तरिक सत्ता संघर्षले राष्ट्रियतामाथि संकटको चिन्ता बढ्यो : एमाले
काठमाडौं । नेकपा एमालेले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको औंल्याएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् । उनले बालेन्द्र सरकारको छाटो शासनकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमाथि गम्भीर प्रश्न खडा भएको बताए । अगाडि भनेका छन्, ‘रास्वपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट...
सुदूरका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे। विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। २९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट...
प्रतिनिधिसभामा भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
काठमाडौँ । प्रतिनिधि सभाको आगामी भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद ९ मा रहेको व्यवस्था बमोजिम उक्त दिनको बैठकमा प्रश्नोत्तरको समय निर्धारण गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले सोमवारको बैठकमा गराएको जानकारीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा...
यलुङ–री हिमालमा पाँच शव देखिए, पुष्टि हुन बाँकी
दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा पाँच जनाको शव देखिएको स्थानीयले जानकारी दिएपछि त्यसको अनुगमन तथा उद्धारका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण घटनास्थलसम्म पुग्न सकेको छैन । गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमागेली शेर्पाका अनुसार सिमीगाउँबाट हेलिकोप्टर उडानका लागि गत शुक्रबारदेखि प्रयास भइरहेको छ । तर मौसम खराब भएका कारण...