पोखरामा ट्रकको ठक्करबाट २५ वर्षीय युवाको मृत्यु

पोखरामा ट्रकको ठक्करबाट २५ वर्षीय युवाको मृत्यु

accident_UPDhwBMd6M

पोखरा । पोखरा–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब १ बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना. ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग.७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक स्याङ्जाको अर्जुन चौपारी ५ बस्ने २५ वर्षीय नवराज दर्जीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि उपचारका लागि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा उनको दिउँसो साढे २ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।दुर्घटनापछि प्रहरीले मोटरसाइकल, ट्रक र ट्रक चालक सिन्धुली कमलामाई नगरपालिका–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया