गण्डकी

प्रहरीको अपरेसन ३६५ मा थप १० वटा मोटरसाइकल नियन्त्रणमा
पोखरा।  जिल्ला प्रहरी कार्यालय कास्की द्वारा सञ्चालन गरिएको “Operation 365” अभियान अन्तर्गत मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी अत्यधिक आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने तथा समाजमा त्रास फैलाउने गतिविधि बढ्दै गएको विषयमा प्राप्त व्यापक जनगुनासोका आधारमा कारबाही तीव्र पारिएको छ। यसै क्रममा मिति २०८२ चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका का विभिन्न स्थानबाट चर्को...
जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो
दमौली (तनहुँ), १० चैतः सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताउनुभयो । मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती...
हिमपातले मुस्ताङका किसानलाई राहत
मुस्ताङ ।  मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् । शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो । घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो...
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा निर्वाचन खर्च विवरण पेश
पोखरा ।  कास्की निर्वाचन क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधि सभा सदस्य उम्मेदवार रश्मि आचार्यले निर्वाचन खर्च विवरण पेश गरेका छन् । उनले निर्वाचनमा कुल २३ लाख ५०० रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय कास्कीमा पेश गरिएको विवरणमा निर्वाचन प्रचारप्रसार, कार्यालय सञ्चालन, कार्यकर्ता परिचालन, सवारी साधन, प्रचार...
रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो
पोखरा । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्नेगरी माछाका भुरा छाडिएको हो । रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएकोसंस्थाका...
पोखरामा १० दिनपछि पुनः फोहोर संकलन सुरु, ३० प्रतिशत उठाइयो
पोखरा ।  पोखरा महानगरपालिकामा अवरुद्ध फोहोर संकलन कार्य १० दिनपछि आइतबारदेखि पुनः सुरु गरिएको छ। निर्वाचनका दिन फागुन २१ गतेदेखि रोकिएको संकलन कार्य पुनः सञ्चालनमा ल्याइएको हो। महानगरका मेयर धनराज आचार्यका अनुसार सोमबार साँझसम्म करिब ३० प्रतिशत फोहोर उठाइसकिएको छ। पोखरामा दैनिक झण्डै २०० टन फोहोर उत्पादन हुने भएकाले १० दिनमा करिब २ हजार टन...
धार्मिक पर्यटनको केन्द्र बन्दै पाेखरा ३३ को ‘कण्ठदेवी मन्दिर’
पोखरा। पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको छ । मन्दिर स्थापनाको मिति यकिन नभएपनि मन्दिरका सम्बन्धमा प्राप्त किंवदन्ती, प्रमाण समेतका आधारमा करिब १६९ वर्षअघि स्थापना भएको हुनसक्ने...
धार्मिक महत्वको लुङबुक गुफा
मुस्ताङ। वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा । अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ । बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरुप हिउँदयाममा पूरै स्वरुप परिवर्तन हुन्छ । अक्सर...
स्वदेशी उत्पादन बिजुली बढी प्रयोग गर्न कास्की प्रशासनको आग्रह
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास चुल्होको विकल्प अपनाउन कास्केली जनतालाई आग्रह गरेको छ । पोखरालगायतका ठाउँहरुमा ग्यास तथा पेट्रोलियम  पदार्थको अभाव देखिन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज  बसेको आपूर्ती समन्वय बैठकले कास्केली जनतालाई एलपी ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकपश्चात जारी कास्की...
ग्यास लुकाउने पोखराको भण्डारी ट्रेडसलाई ५० हजार जरिवाना
पोखरा ।  जिल्ला प्रशासन कार्यालय कास्कीले  एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सारेको भेटिएपछि एक सप्लायर्सलाई कारबाही गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ जरेवरस्थित भण्डारी ट्रेडर्सलाई प्रशासनले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उक्त ट्रेडर्सले उपभोक्ता हित...