गण्डकी

बुद्ध जयन्तीमा कास्कीको रुपामा मोहोरिया मेला हुने
रुपा । कास्कीको रुपागाउँपालिस्थित मोहोरियामा २५६९ औं बुद्ध जयन्तीको अवसरमा तीन दिने मोहोरिया मेला हुने भएको छ । सिद्धार्थ स्मृति क्लबको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो । “खेलकुदद्वारा स्वास्थ्यमा सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित मेलाको मुख्य आकर्षक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका पूर्वअध्यक्ष जीतबहादुर...
गुरूकुल तथा वेद विद्याश्रम मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन्: प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक विद्यामा अहिलेको पुस्ता उदासिन भएको उहाँको गुनासो छ । ब्रह्मचर्या आश्रम समितिद्वारा सञ्चालित महर्षि गुरुकुल वेद विद्याश्रम परिसरमा...
वैशाख कृष्ण औँसी, आज आमाको मुख हेर्ने पर्व मनाइँदै
पोखरा ।  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय...
पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर
पोखरा । पोखरामा शनिबार सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा भएको उक्त कार्यक्रमबाट कास्की सहित ४ जिल्लाका ६९ जना लाभान्वित भएको प्रा.लि.ले जनाएको...
फोटो पत्रकारिता दिवसमा पोखराको महाप्रभुधाममा फोटो यात्रा
पोखरा । ९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ । संघले शनिबार पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा गरेको हो । कार्यक्रममा महाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समिति अध्यक्ष नवराज बरालले वि.स. १९७२ सालमा स्वर्गद्वारीबाट गुरु कोपिलानन्द स्वामी...
मातृ मृत्युदर घटाउन सेवा र निगरानीको पहुँच पुर्‍याउनु पर्छ : मुख्यमन्त्री पाण्डे
पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मातृ मृत्युदर र आत्महत्या घटाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा बुधबार पोखरामा आयोजित ‘लैङ्गिक न्याय सम्बन्धमा स्थानीय सरकारका न्यायिक समितिसँग प्रदेशस्तरीय अन्तक्र्रिया’ कार्यक्रममा उहाँले अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर गण्डकी प्रदेशमा बढी रहेको उल्लेख गर्नुभयो । मातृ मृत्युदर न्यूनीकरण गर्न गर्भवती...
एमाले कास्कीले तीन कम्युनिष्ट योद्धालाई आज सम्मान गर्ने
पोखरा । नेकपा एमाले पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले आज मंगलबार प्रवर्चन एवं सम्मान कार्यक्रम गर्ने भएको छ । नयाँबजार शान्ति वनमा रहेको पार्टी कार्यालयमा प्रवर्चन र सम्मान कार्यक्रम हुने पार्टी जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले क्षेत्रीले जानकारी दिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, उपलब्धि र कम्युनिष्ट पार्टीको योगदान’ विषयक प्रवर्चन कार्यक्रम,...
सुकमाया कामीलाई ६३ वर्षमा नागरिकता
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ठूलाकोटमा जन्मनुभएकी सुकमाया कामीले ६३ वर्षको उमेर नागरिकता पाउनुभएको छ ।नागरिकता पाउँदा उहाँ निकै खुसी देखिनु हुन्छ । पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयले नागरिकता दिन जिल्ला प्रशासनमा सिफारिस गरेपछि उहाँले नागरिकता पाउनुभएको हो । उहाँको श्रीमानको निधन भइसकेको, विवाह दर्ता र जन्म दर्ता पनि नहुँदा नागरिकता...
पोखरामा क्लासिक सुइट्स बुमन्स क्रिकेट हुँदै
पोखरा । पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष...
व्यवस्था विरोधी गतिविधि किमार्थ स्वीकार्य हुन्न : गृहमन्त्री
पोखरा । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोध कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै उहाँले राजावादी या कुनै वादीको नाममा गरिने संविधान विरोध गतिविधिलाई निस्तेज पार्नुपर्ने बताउनुभयो । “नेपाली जनताले रगत बगाएर ल्याएको यो व्यवस्था विरोधी गतिविधिलाई क्षम्य गर्न सकिन्न,”उहाँले भन्नुभयो,“संविधानको अधिनमा रही...