रूपा गाउँपालिकाले ल्यायो ५५ करोड ३८ लाखको बजेट (पूर्ण पाठसहित)

 रूपा गाउँपालिकाले ल्यायो ५५ करोड ३८ लाखको बजेट (पूर्ण पाठसहित)

 कृषि, शिक्षा र पूर्वाधारमा उच्च प्राथमिकता

rupa beject

रूपाकोट। रूपा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताइन।

बजेटको आकार

कुल बजेट: रु. ५५ करोड ३८ लाख १ हजार

  • चालु खर्च: रु. ४१ करोड ८२ लाख ३० हजार
  • पुँजीगत खर्च: रु. १३ करोड ५५ लाख ७१ हजार

क्षेत्रगत बजेट विनियोजन

१. आर्थिक विकास – रु. ४ करोड ४० लाख

आर्थिक विकासतर्फ कृषि, पशुपालन, पर्यटन तथा सिँचाइलाई प्राथमिकता दिइएको छ।

कृषि सेवा – रु. २ करोड ५ लाख

  • एकीकृत कृषि विकास कार्यक्रम
  • उत्पादनमा आधारित अनुदान
  • किसान एप सञ्चालन
  • कृषि एम्बुलेन्स
  • सामुदायिक बीउ बैंक
  • घुम्ती कृषि हाटबजार सञ्चालन

पशु सेवा – रु. ७८ लाख ८० हजार

  • निःशुल्क पशु बीमा
  • दुग्ध उत्पादन प्रवर्द्धन
  • घाँस स्रोत केन्द्र स्थापना
  • साइलेज उद्योग सञ्चालन
  • कृत्रिम गर्भाधान तथा नश्ल सुधार कार्यक्रम

पर्यटन

  • रोयल ट्रेक विकास
  • जालदेवी धार्मिक पर्यटन क्षेत्र संरक्षण
  • होमस्टे प्रवर्द्धन
  • एक वडा एक चौतारी, एक वडा एक पोखरी
  • झरना निर्माण सम्भाव्यता अध्ययन

२. सामाजिक विकास – रु. १९ करोड ४३ लाख २० हजार

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, महिला, बालबालिका तथा समावेशीकरण कार्यक्रमलाई समेटिएको छ।

स्वास्थ्य सेवा – रु. ३ करोड ४३ लाख

  • विशेषज्ञसहित स्वास्थ्य सेवा
  • स्वास्थ्य बीमा अनुदान
  • पाठेघर मुखको क्यान्सर परीक्षण
  • निःशुल्क एम्बुलेन्स सेवा
  • क्षयरोग नियन्त्रण तथा पोषण कार्यक्रम

शिक्षा – रु. १५ करोड २४ लाख १७ हजार

  • नमुना विद्यालय सञ्चालन
  • शिक्षक क्षमता विकास
  • अंग्रेजी माध्यम पाठ्यपुस्तक
  • स्थानीय पाठ्यक्रम
  • छात्रवृत्ति कार्यक्रम
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण – रु. ५६ लाख

  • ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित, मुस्लिम तथा सीमान्तकृत समुदायका कार्यक्रम

“रूपाकी छोरी” कार्यक्रम – रु. ७ लाख

“छोरी काखमा, बचत खातामा” अभियान सञ्चालन गरिने।

खानेपानी तथा सरसफाइ – रु. ११ लाख

स्वच्छ खानेपानी र सरसफाइ कार्यक्रम सञ्चालन गरिने।

युवा तथा खेलकुद – रु. १० लाख

युवा नेतृत्व विकास, खेल प्रशिक्षण तथा खेलाडी सम्मान कार्यक्रम सञ्चालन गरिने।

३. पूर्वाधार विकास – रु. ११ करोड १८ लाख ५१ हजार

सडक, पुल, भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।

प्रमुख पूर्वाधार आयोजना

  • शिवचण्डी मोटरबाटो कालोपत्रे – रु. २ करोड
  • स्याक्लुङकोट–रामकोट–काउनेपोखरी–राम्दी मोटरबाटो – रु. २ करोड १० लाख
  • फेदी–राम्दी–माउँडाँडा–फैचोक सडक – रु. १ करोड ४० लाख
  • धारापानी–निबुवास्वारा–पोल्याङ सडक – रु. १ करोड
  • गाउँपालिका प्रशासकीय भवन निर्माण तथा फिनिसिङ – रु. १ करोड ५० लाख
  • बिमलादे खोला पुल – रु. ५० लाख
  • आपँखु खोलामा बेलिब्रिज – रु. ३० लाख

४. सुशासन, प्रशासन तथा सेवा प्रवाह – रु. १२ करोड ६९ लाख

  • नागरिक सहायता डेस्क
  • वडा कार्यालय सञ्चालन
  • कर्मचारी तलब तथा सेवा सुविधा
  • सामाजिक सुरक्षा कोष
  • गाउँपालिका स्थापना दिवस तथा विविध कार्यक्रम
  • अन्तरनिकाय साझेदारी कार्यक्रमका लागि रु. ५० लाख

बजेटका मुख्य प्राथमिकता

  • कृषि, ऊर्जा र पर्यटन विकास
  • लगानी प्रवर्द्धन र औद्योगिक विकास
  • स्वास्थ्य र शिक्षा सुदृढीकरण
  • गुणस्तरीय पूर्वाधार निर्माण
  • डिजिटल तथा नवप्रवर्तनशील स्थानीय विकास
  • वातावरण संरक्षण तथा विपद् व्यवस्थापन
  • रोजगारी सिर्जना र मानव संसाधन विकास
  • प्रभावकारी तथा प्रविधिमैत्री सेवा प्रवाह

बजेटको स्रोत

बजेट व्यवस्थापनका लागि संघीय सरकार, गण्डकी प्रदेश सरकार, राजस्व बाँडफाँड, समानीकरण अनुदान, समपूरक तथा विशेष अनुदान, आन्तरिक आय र गत वर्षको मौज्दात रकम प्रयोग गरिने भएको छ।

रूपा गाउँपालिकाले आगामी वर्षको बजेटलाई ‘स्थानीय उत्पादन, रोजगारी सिर्जना र पूर्वाधार विकासमार्फत समृद्ध रूपा निर्माण’ को आधारका रूपमा प्रस्तुत गरेको छ।

पूर्ण पाठ

प्रतिक्रिया

भर्खरै