गण्डकी

परिणाममुखी योजनामा जोड दिउँ : कृषि मन्त्री श्रेष्ठ
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने कुरामा जोड दिएकी छिन्। वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले परिणाममुखी योजनाहरुमा जोड दिएकी हुन्। ‘योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन’, मन्त्री जिसीले उल्लेख गरिन्, ‘अब परिणाममुखी योजनाहरुमा जोड...
पर्वतको कुश्मामा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अभिमुखिकरण
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन्। उनले प्रदेशले प्राप्त गरेको...
पर्यटन शुल्कबारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण
स्थानीय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ। केहि दिनअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो। गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो। तर, फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले...
मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन्। गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन्। ‘पुर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती...
गण्डकी प्रदेश सामाजिक मन्त्री थापाको १०० दिन
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन्। २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सय दिनमा आफूले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु सार्वजनिक गरेका हुन्। उनको १०० दिन २०८१ भदौ २० गते पुगेको हो। १०० दिनमा सामाजिक विकासतर्फ र ९६ दिनमा...
‘वृत्तिविकास र अधिकार भन्दै कार्यालय छाडेर नहिँड्नुस्’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै कार्यालय छाडेर नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन्। निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा कर्मचारीले राखेका विभिन्न माग सुनेपछि मुख्य मन्त्री पाण्डेले चेतावानी दिए, ‘कार्यालय समयमा कर्मचारीहरु जम्मा भएर आफ्नो हक अधिकार, सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री र मन्त्री तथा उच्च...
‘सरकार सफल हुन कर्मचारीको ठूलो भूमिका रहन्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठूलो भूमिका रहने बताएका छन्। ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने। निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा,...
‘शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ’
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन्। मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रीत रहेको जानकारी गराए। उनले प्रदेशमा भएका विभिन्न जातजातिको...
गण्डकी प्रदेशका वनमन्त्री मनाङेले दिए राजीनामा
गण्डकीका वनमन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले पदबाट राजीनामा दिएका छन्। काँग्रेस–एमालेको भागबण्डामा प्रदेशको मन्त्रीमण्डल हेरफेर भएपछि मनाङेले वन तथा वातावरण मन्त्रीको पदबाट राजीनामा दिएका हुन्। सुरेन्द्रराज पाण्डे सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि मनाङेले असन्तुष्ट बन्दै सो वन तथा वातावरण मन्त्रीको पदबाट राजीनामा दिएका हु्न्। मनाङेले स्वकीय सचिव सन्तोष...
गण्डकी प्रदेशमा ४ नयाँ मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशमा एमालेबाट ४ नयाँ मन्त्री बनेका छन्। उनीहरुले सोमबार नै एक समारोहबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका छन्। एमालेका तर्फबाट नवनियुक्त मन्त्रीहरुमा नवलपुरकी पद्मा जिसी श्रेष्ठ, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल छन्। नवनियुक्त मन्त्री जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अधिकारीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था...