Breaking 2

पोखरामा २१ औं फेवा नव वर्ष महोत्सव सुरु
पोखरा । सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र...
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गर्नुभएको छ । त्यहाँ...
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन
पोखरा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले नयाँ वर्षको शुभकामना आदानप्रदान सहित २०८३ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । कार्यसमिति,उपसमिति सल्लाहकार सहितको उपस्थितिमा भएको क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशब बहादुर खत्रीले ब्यवसायी साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार पोखराको...
कर घटे पनि पेट्रोलियम पदार्थको मूल्य नघट्ने
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा करको दर आधा घटाए पनि नेपाल आयल निगमले मूल्य नघटाउने स्पष्ट पारेको छ । निगमले गत बिहीबार मात्रै पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलको १८२ रुपैयाँ पुर्‍याउँदा पनि घाटा नै रहेकाले मूल्य तत्काल नघटाउने भनेको हो । गत बिहीबार मूल्य समायोजन भएता पनि निगमलाई प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ३६ पैसा, प्रतिलिटर...
निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश
काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश छलफलमा दुवै पक्षलाई बोलाउने आदेश दिएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सोमबार रिट निवेदन दायर गरेका थिए...
मार्च महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए
पोखरा । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् ।...
आजदेखि मतदाता नामावली संकलन र अद्यावधिक सुरु
काठमाडौं ।निर्वाचन आयोगले  चैत २२  आनदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत् मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको आयोगका सहसचिव...
गुण्डागर्दीविरुद्ध प्रहरीले थाल्यो अपरेसन सेफ्टी काठमाडौं
काठमाडौं । प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन सञ्चालन गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँबाट १८ जनालाई पक्राउ गरेको छ । ‘अपरेसन सेफ्टी काठमाडौं’ अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको छुट्टाछुट्टै टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले शुक्रबार राति मात्रै किमजोङ बोस, अशोक गिरी, सञ्जीव लामा,...
सभामुखका लागि आज उम्मेदवारी दर्ता, २२ गते निर्वाचन
काठमाडाैं । रास्वपाले प्रतिनिधिसभाको सभामुखको उम्मेदवारमा उपसभापति डिपी अर्याललाई अघि सारेको छ। रास्वपा संसदीय दलको बिहीबारको बैठकले अर्याललाई सर्वसम्मत रूपमा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सभापति रवि लामिछानेले सभामुखका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए। सभामुखको निर्वाचन आइतबार हुँदै छ। प्रतिनिधिसभामा रास्वपाको १८२ सिटसहित झन्डै दुईतिहाइ बहुमत भएकाले अर्याल सभामुख हुने पक्कापक्की छ।...
दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति
काठमाडौं ।सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति मिलेको छ। बिहीबार जिल्ला अदालत, काठमाडौंले व्यवसायी भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण विभागले भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतमा म्याद थपको निवेदन दिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार व्यवसायी...