Breaking 2

फोटो पत्रकार संघ कास्कीको पदस्थापन
पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीको नयाँ कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ । फागुन २५ गते संघको नवौं अधिवेशनबाट निर्वाचितहरुलाई सपथसहित पदस्थापन गरिएको हो । समितिलाई निर्वाचन समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष कृष्णमणि बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । भने, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले प्रमाणपत्र प्रदान गरेका थिए ।...
नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’
काठमाडौं ।  नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर मङ्गलबार सो फन्ट...
फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिमा उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की),...
प्रदेश खेलकुद परिषद थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी
पोखरा  । प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ । परिषदले मंगलबार प्रदेश खेलकुद संघहरुका बीच एक छलफल कार्यक्रम गरी तयारी सुरू गरेको हो । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीहरुलाई चैत्र ५...
कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
पोखरा ।  कास्कीमाे मादी  गाउँपालिकाको सैइमराङ आसवपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको  भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको...
अनलाइनबाट जुवा खेलाउने पाँच जना पोखरामा पक्राउ
पोखरा । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा वा सट्टाबाजीमा सम्लग्न रहेको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरुलाई गत फागुन २३ गते पोखरा १४ अनुपम टोलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार कास्कीमा क्रिप्टोकरेन्सी प्रयोग र अनलाइन जुवा खेलाउने घटनामा व्यक्ति समातिएको पहिलो हो...
लोकतन्त्र विरोधी कानुन संसदले बनाउँदैन : सभामुख घिमिरे
पोखरा । सङ्घीय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने बताउनुभएको छ।  प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा बोल्दै उहाँले हामी सबैले लडेर ल्याएको लोकतन्त्र विरोधी कानुन बनाउन सम्भव नभएको बताउनुभएको हो । “कानुनको अभावमा धेरै बेथिति बढेका छन्,” उहाँले भन्नुभयो, “बेथितिलाई नियन्त्रण गर्नका...
धर्मका नाममा कानुन विपरीतका कार्य नगर्न पोखरा महानगरको चेतावनी
पोखरा । मानव सेवा फाउन्डेसनले अनुमति बिना कोटीहोम गर्न खोज्दा पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा असहज परिस्थिति सिर्जना भएको छ। उच्च अदालत पोखरामा विचाराधीन रहेको कोटीहोमसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आएको अवस्थामा जबरजस्ती भूमिपूजन गर्न खोजिएपछि झडपसमेत भएको छ । महानगरपालिकाका जनप्रतिनिधिहरूले शुक्रबार कार्यक्रम स्थगन गर्न आग्रह गर्दा अटेर गर्दै अघि बढाइएकाले...
गण्डकी प्रदेश साहसिक पर्वतीय खेल पर्यटनको हब बन्न सक्छः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रुपमा विकास गर्न सकिने बताउनुभयो । ‘गण्डकी...
चेतनाको अग्रपक्ष लिने विधा कविता
पोखरा । थोरै शब्दमा गहिरो भाव पोख्ने माध्यम हो कविता । छोटो र लयात्मक रुपमा भाव पोख्छ कविताले । प्रेम र विद्रोह दुबै बोल्ने दरिलो आयम समेत मानिन्छ कविता । कविताको कर्म यहीँ मानिन्छ । कविकै विचारमा कविताको कर्म के हो त ? कविता चेतनाको कलात्मक विधा रहेको बताउँछिन् स्वतन्त्रता र समानताका पक्षमा लेख्ने कवि...