इजरायलमा २३ सय नेपाली कामदारको माग

इजरायलमा २३ सय नेपाली कामदारको माग

baideshik-rojgar-bibhag1_GrBhPjeVOA

काठमाडौँ । इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा नेपाली लैजाने प्रक्रिया सुरु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कुल सङ्ख्यामध्ये एक हजार ३८० महिला र ९२० पुरुष छनोट गरिने छ । उम्मेदवारको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्ने छ । कम्तीमा कक्षा १० उत्तीर्ण गरी एएनएम र सिएमए अध्ययन गरेको वा केयरगिभिङ तालिम लिएको हुनुपर्ने मापदण्ड छ । कामदारले मासिक करिब पाँच हजार ८८१ इजरायली मुद्रा तलब पाउने छन् । ओभरटाइम, बिदा र खानाको सुविधा पनि उपलब्ध हुने छ ।

इच्छुकले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टलमार्फत २०८३ असार ७ गते दिउँसो १२ बजेसम्म आवेदन दिन सक्ने छन् । आवेदनका लागि राहदानी, फोटो, शैक्षिक तथा तालिम प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आवश्यक पर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै