Breaking 2

ब्राउन सुगर १०२ ग्रामसहित पोखरामा महिला पक्राउ
पोखरा । कास्की प्रहरीले लागू औषध कारोबारमा संलग्न एक महिलालाई ठूलो परिमाणको ब्राउन सुगर र नगदसहित पोखरामा पक्राउ गरेको छ। वैशाख १० गते अपराह्न करिब  ३:०० बजे, पोखरा महानगरपालिका–११ फूलवारी क्षेत्रमा लागू औषधको बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले उक्त...
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन
पोखरा । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ ढुंगेसाँघुको ठूलोमझुवामा निर्माण गरिएको भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उद्घाटन गर्नुभएको हो । भवन निर्माणमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा सेवा...
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
गुल्मी ।  गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी रु १०, रेडबुलका बोतल प्रतिकेजी रु ८०, एचडिपी प्लास्टिक प्रतिकेजी रु आठ, पानीका बोतल प्रतिकेजी रु १०, फलाम प्रतिकेजी रु १५,...
पोखरामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ४ जना पक्राउ, २ बालिका उद्धार
पोखरा । पोखरामा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा चार जना पक्राउ परेका छन् भने दुई बालिकाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  वैशाख ५ गते साँझ करिब ७ बजे पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड क्षेत्रमा रहेका विभिन्न खाजाघरहरूमा होहल्ला र अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। उक्त स्थानबाट...
छैटौं टाइगर कपबाट २२ लाख ६५ हजार बचत
पोखरा। टाइगर ग्रुप अफ पोखरा नेपालले गत माघमा पोखरामा आयोजना गरेको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ बाट २२ लाख ६५ हजार १०६ रुपैयाँ बचत भएको छ । आज (शनिबार) पोखरा रङ्गशालामा आयोजना गरेको आय–व्यय सार्वजनिक कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले उक्त प्रतियोगिताबाट आम्दानी हुने रकमबाट...
पोखराको पुम्दीभुम्दीमा गुडिरहेको बसमा एक्कासी लाग्याे आगो
पोखरा । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–२२, पुम्दीभुम्दीमा  बसमा एक्कासी आगो लागेर ध्वस्त भएको छ । नयाँ वर्ष–२०८३ कै पहिलो दिन उक्त अप्रिय घटनामा मानवीय क्षति भने टरेको छ । वडा प्रहरी कार्यालय, बैदामका अनुसार गुडिरहेको ग १ ख ९५६२ नम्बरको बस पुम्दीभुम्दीको ठूलीबिडी पुग्दा मंगलबार साँझ वायरिङ सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।...
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति
काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उहाँले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र साधना आवश्यक पर्ने धारणा...
पोखरामा २१ औं फेवा नव वर्ष महोत्सव सुरु
पोखरा । सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र...
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गर्नुभएको छ । त्यहाँ...
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन
पोखरा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले नयाँ वर्षको शुभकामना आदानप्रदान सहित २०८३ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । कार्यसमिति,उपसमिति सल्लाहकार सहितको उपस्थितिमा भएको क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशब बहादुर खत्रीले ब्यवसायी साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार पोखराको...