माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध
पोखरा । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा आज बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । त्यसैगरी, मनाङको नासो गाउँपालिका–३ खोत्रोमा आज बिहान ३ः०० बजे खसेको पहिरोले चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएको...
प्रधानमन्त्री बालेन्द्र साह कास्कीबाट मुक्तिनाथतर्फ प्रस्थान
पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह कास्कीबाट  हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि शनिबार मुस्ताङ प्रस्थान गर्नु भएको छ । सडकमार्गहुँदै  शुक्रबार  काठमाडौँबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह  उहाँ कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज  बस्नु भएकाे हाे । उहाँको याे निजी भ्रमणा हाे । शुक्रबार दिउँसाे ३ बजे अस्ताम पुग्नु भएका...
पहिरोले विभिन्न १० जिल्लाका सडक प्रभावित, केहीमा सवारी चलाउन रोक
काठमाडौँ ।  वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई...
गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना
पोखरा ।  देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । ...
३६ औं महाधिवेशन
पोखरा उद्योग वाणिज्य संघमा अबको नेतृत्व काे ?
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं साधारणा सभा  २० र २१ गते हुँदैछ । अधिवेशनबाट संघको नेत‍ृत्व लिन  ४ जनाको प्रतिस्पर्धा हुने देखिएको छ ।  निवार्चन तालिका अनुसार  अध्यक्षमा उम्मेदवारी दिन शुक्रबार ४ जनाले मनोनयन पत्र बुझेका छन् ।मनोनयन पत्र  लिन तोकिएको समय शुक्रबार अपराह्न ५ बजेसम्ममा  वर्तमान कार्यसमितिका...
पोखराका उद्योगी व्यवसायीलाई चुनाव लाग्यो
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औं महाधिवेशन तथा ७२ औं साधारण सभाको मिति नजिकिएसँगै पोखराका उद्योगी र व्यवसायीहरूबीच चुनावी सरगर्मी बढेको छ । यही भदौ २० र २१ गते हुने अधिवेशनमा संघको नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । वर्तमान उपाध्यक्ष बलराम आचार्य र वर्तमान महासचिव शोभा गौतम आ–आफ्नो...
रास्वपाको आन्तरिक सत्ता संघर्षले राष्ट्रियतामाथि संकटको चिन्ता बढ्यो : एमाले
काठमाडौं । नेकपा एमालेले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको औंल्याएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् । उनले बालेन्द्र सरकारको छाटो शासनकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमाथि गम्भीर प्रश्न खडा भएको बताए । अगाडि भनेका छन्, ‘रास्वपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट...
सुदूरका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे। विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। २९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट...
भारतीय सेना प्रमुख पोखरामा
भूपू गोरखा सैनिक भारत र नेपाल सम्बन्धका सेतु : सेठ
पोखरा । भारतीय सेनाका प्रमुख धीरज सेठले भारतीय सेनामा सेवा गरेका गोरखा भूतपूर्व सैनिकहरू भारत र नेपालबिचको ऐतिहासिक मित्रता, विश्वास र सम्बन्धका जीवित प्रतिनिधि भएको बताउनुभएको छ । चारदिने नेपाल भ्रमणका क्रममा पोखरा आउनु भएका सेठले भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय पोखरामा आज बुधबार आयोजित कार्यक्रममा बोल्दै गोरखा सैनिकको वीरता, त्याग र योगदानले भारत–नेपाल सम्बन्धलाई...
कास्कीमा साउन महिनामा १ सय ६८ वटा मुद्दा दर्ता
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा गत साउन महिनामा १ सय ६८ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन् । प्रहरीका अनुसार २० वटा जघन्य तथा गम्भीर अपराध, १३ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध, ५३ वटा आर्थिक अपराध र ८२ वटा अन्य अपराध रहेका छन् । यी मुद्दाहरूमा संलग्न १ सय ८१ जना...