पूर्वप्रहरी संगठन लेखनाथद्वारा बाढी पीडितलाई सहयोग प्रदान

पूर्वप्रहरी संगठन लेखनाथद्वारा बाढी पीडितलाई सहयोग प्रदान

WhatsApp Image 2026-09-07 at 12.53.02 PM

पोखरा । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावितहरुलाई पूर्वप्रहरी संगठन लेखनाथ इकाले आर्थिक सहयोग गरेको छ । विपद्को यस दुःखद घडीमा पीडितहरूको उद्धार र राहतमा सघाउ पुर्‍याउने उद्देश्यले संगठनका तर्फबाट  ५५ हजार ५ सय ५५ रुपैयाँ  संस्थाले सहयोग गरेको हो ।

संकलित सहयोग रकम ’प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष कृष्ण तिमिल्सेनाले जानकारी दिए । उक्त प्राकृतिक विपत्तिबाट पीडित भएका नागरिकहरूप्रति पूवप्रहरी संगठन लेखनाथ इकाइले गहिरो सहानुभूति प्रकट गरेको छ । संस्था मानवीय सेवा तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया

भर्खरै