काठमाडाैं । पश्चिम एसियामा विभिन्न कारणले मृत्युवरण गरेका, तर जारी द्वन्द्वका कारण ३८ नेपालीको शव ल्याउन बाँकी छ । परराष्ट्र मन्त्रालयका अनुसार दुबईमा १५, साउदी अरबमा १७, कतारमा दुई, साइप्रसमा दुई, इजरायलमा एक, बहराइनमा एक गरी जम्मा ३८ जनाको शव ल्याउन बाँकी छ । अब उद्धार उडानमार्फत शव ल्याउन गम्भीर गृहकार्य भएको परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले...