पोखरा ३० पावरहाउसको गुरुकुल विद्याश्रमद्वारा १ लाख २९ हजार सहयोग

पोखरा ३० पावरहाउसको गुरुकुल विद्याश्रमद्वारा १ लाख २९ हजार सहयोग

guru kul photo

पोखरा । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा–३० स्थित गुरुकुल विद्याश्रम तथा गुरुकुल कलेज अफ होटेल म्यानेजमेन्ट, म्यानेजमेन्ट एन्ड टुरिजमले आर्थिक सहयोग गरेको छ । विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूको संयुक्त प्रयासबाट संकलित १ लाख २९ हजार २ सय ३० रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो प्रचार्य मिलन केसीले जानकारी दिए ।

विपद्को समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालयले संस्थागत तथा व्यक्तिगत तर्फबाट रकम संकलन गरेको हो । विद्यार्थीहरूले २४ हजार ५ शिक्षक तथा कर्मचारीहरूले ४० हजार २ सय २५ रुपैंयाँ सकंलन गरेका हुन् भने विद्यालयको तर्फबाट ६५ हजार रकम प्याब्सन कास्की तथा हिसान कास्की (ज्क्ष्क्क्ब्ल् मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ । बाढीपीडितको पीडामा मल्हम लगाउने उद्देश्यले गरिएको यो सहयोग आर्थिक दान नभई विपद् परेका नागरिकप्रतिको ऐक्यबद्धता र मानवीय भावनाको प्रतीक भएको केसीको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै