सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन्। ३६ वर्षीय जोकोभिचले आज (सोमबार) बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन्। यो उनको करियरको २४ औँ ग्राण्ड्स्लाम उपाधि हो। यो जितपछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन्। जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन,...