त्रिभुवन आर्मी क्लबलाई पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि

त्रिभुवन आर्मी क्लबलाई पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि

TAFC, Aaha Rara Gold Cup Champion

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।

शनिबार, पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो।

आर्मीलाई जित दिलाउन जिलेस्पीजंग कार्र्की, फात्तेमान घले र बसन्त जिम्बाले १/१ गोल गरे।

खेलको ३८ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप २ गोल गर्‍यो।

खेलको ८३ औं मिनेटमा घलेले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाए।

खेलको अतिरिक्त समयमा बसन्तले गोल गर्दै आर्मीलाई ३–० गोलको सुनिश्चित जित दिलाए।

आर्मी यसभन्दा अघि ४ पटकसम्म फाइनलमा पुगेपनि उपाधिविहीन थियो।

उपाधिसँगै विजेता आर्मीले १२ लाख र उपविजेता थ्री स्टारले ६ लाख पुरस्कार प्राप्त गर्‍यो।

आर्मीका विमल पाण्डे ‘बेस्ट प्लेयर’

आर्मीका बिमल पाण्डे प्रतियोगिताको ‘बेस्ट प्लेयर’ चुनिए।

उनले स्कुटर पुरस्कार पाए।

उत्कृष्ट विधातर्फ, पाण्डे प्रतियोगिताको ‘बेस्ट डिफेन्डर’ पनि बने।

आर्मीका दिनेश हेमजन ‘सर्वाधिक गोलकर्ता बने।

उनले प्रतियोगिता अवधिभर सर्वाधिक ३ गोल गरे।

त्यस्तै, आर्मीका स्यामुएल श्रेष्ठ ‘बेस्ट गोलकिपर’ बने।

थ्री स्टारका विवेक पौडेल ‘बेस्ट मिडफिल्डर’ चुनिए।

त्रिभुवन आर्मीकै जिलेस्पीजंग कार्की ‘बेस्ट स्ट्राइकर’ घोषित भए।

त्रिभुवन आर्मीकै प्रशिक्षक मेघराज केसी ‘बेस्ट कोच’ बने।

उनीहरुले २५/२५ हजार पुरस्कार पाए।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds