थ्री स्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

थ्री स्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

आहा ! रारा पोखरा गोल्डकप

थ्री स्टार क्लबले पोखरामा जारी २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।

भुटानको पारो एफसीलाई हराउँदै थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको अन्तिम ४ मा स्थान बनाएको हो।

शनिबार भएको खेलमा अतिरिक्त समयमा पारो एफसीलाई २–० गोल गर्दै थ्री स्टारले सेमिफाइनलमा स्थान बनाएको हो।

पोखरा रंगशालामा निर्धारित समयमा खेल गोलरहित बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयमा थ्री स्टारका आशिष चापागाईले २ गोल गर्दै टिमलाई जित दिलाए।

आशिषले खेलको ११४ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए।

त्यसपछि, आशिषले खेलको ११९ औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सेमिफाइनलको यात्रा गराए।

थ्री स्टारले अब सेमिफाइनलमा जावलाखेल र मनाङबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds