खेलकुद

आहा ! रारा पोखरा गोल्ड कपको खेल तालिका सार्वजनिक
गण्डकी प्रदेशकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता–२०७९ को खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार उद्घाटन खेलमा आयोजक सहारा क्लवले धरान फुटवल क्लवसँग प्रतिस्पर्धा गर्ने भएको छ। यही पुसको १४ गतेदेखि पोखरा रंगशालामा संचालन हुने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा र धरान फुटवल क्लवबीच उद्घाटन...
बागलुङदेखि पोखरा जोड्ने ‘टुर दी पोखरा’ सकियो
यस बर्षको ‘टुर दी पोखरा’ कार्यक्रम अन्तगत विहिबार ७२ किलोमिटर दूरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली गरिएको छ। ‘टुर दी पोखरा’ अन्तर्गत फ्रान्समा हुने ‘साइकल टुरकै’ झल्को दिनेगरी बिहीबार बागलुङदेखि पोखरासम्मको मन्दिर जोड्ने गरी उक्त कार्यक्रम गरिएको ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजुले बताए। उक्त र्‍यालीमा १० बर्षीय लुकास भट्टराईदेखि ७३ बर्षका...
अनिलको कप्तानीमा गण्डकी–११ ले स्पेनसँग मैत्रीपुर्ण फुटबल खेल्दै
अनिल गुरुङको कप्तानीमा गण्डकी–११ ले स्पेनको फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। गण्डकी–११ ले स्पेनसँग पुस १३ गते पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो। गण्डकी ११ फुटबल टीमको लागि अनिल गुरुङको कप्तानीमा दिप कार्की, राजाबाबु मगर, मानबहादुर तामाङ, आशिष गुरुङ, रन्दीप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योन्जन, बिसन गुरुङ, जया गुरुङ, कमलबहादुर थापा,...
हिक्मत, लक्ष्मी र नयनले जिते साइकल दौडको उपाधि
हिक्मत वि.क., लक्ष्मी मगर र नयन मानन्धरले दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि हिक्मत विकले जितेका छन्। हिक्मतले निर्धारित ५० किलोमिटर दूरी ३ घण्टा १२ मिनेटमा पूरा गरी उपाधि जिते। ४० वर्षमुनिको पुरुषतर्फ ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सन्दीप सुन्दौली द्वितीय भए। त्यसैगरी, ३ घण्टा ४८ मिनेटमा निर्धारित...
आहा ! रारा पोखरा गोल्डकपमा सहभागी १० टिमको टुंगो
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको टुंगो लागेको छ। प्रतियोगितामा आयोजक सहारा क्लब पोखरा विभागीय नेपाल सेनाको त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, अमेरिकाको बिवाइएस्सी, धरान फुटबल क्लबको टुंगो लागेको हो। क्लबले यसअघि...
मेस्सी र अर्जेन्टिनाको चर्चा अझै सेलाएको छैन
एसियाली खाडी मुलुक कतारले सफलतापूर्वक आयोजना गरेको विश्वकप फुटबल सकिएपनि विश्वकप विजेता अर्जेन्टिना र कप्तान मेस्सीको चर्चा भने अझै सेलाएको छैन। विश्वकप फुटबलको इतिहासमा ३६ वर्षपछि अर्जेन्टिनाले उपाधिलाई घर भित्राएको छ। टोलीका कप्तान लियोनेल मेस्सी र उनका टिमले देशलाई विश्वकप जस्तो प्रतिष्ठित उपाधि दिलाएका छन्। उपाधि जितेसँगै लियोनेल मेस्सी सर्वकालीन महान फुटबलर बनेकमा छन्। सर्वकालीन...
पोखरामा साइकल दौड र ‘टुर दि पोखरा’ हुँदै
पर्यटकीय सहर पोखरामा बिहीबार साइकल दौड र शनिबार ‘टुर दि पोखरा’ हुँदैछ। पोखरा महानगरपालिका कार्यालय मातहतको खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार ‘दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता’ को तयारी पूरा भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। जसमध्ये ३ विधामा हुने ५० किलोमिटर दूरीको साइकल दौडको तयारी गरिएको साइकल सिटी पोखराले सोमबार...
मेस्सी, विश्वकपको सर्वोत्कृष्ट खेलाडी
अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। सर्वोत्कृष्ट खेलाडी बनेका मेस्सीले गोल्डेन बल जिते। फाइनलमा लियोनल मेस्सीले फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे। उनले कतार विश्वकपमा जम्मा ७ गोल गरेका छन्। आफ्नो अन्तिम विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी दोस्रो पटक विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले यसअघि सन् २०१४ को विश्वकप...
अर्जेन्टिना तेस्रो पटक विश्वकप च्याम्पियन
अर्जेन्टिना, तेस्रो पटक फिफा विश्वकप फुटबल च्याम्पियन बनेको छ। तेस्रो पटक विश्वकपको च्याम्पियन बनेसँगै उसले फिफा विश्वकप २०२२ को उपाधि उचालेको छ। एकपछि अर्को गोलको वर्षा भएको ‘थ्रिलर म्याच’को पेनाल्टी सुटआउटमा फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना नयाँ च्याम्पियन बनेको हो। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको ट्रफी घर भित्राएको हो। यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको नेतृत्वमा...
विश्वकप फुटबल: अर्जेन्टिना–फ्रान्स उपाधिका लागि भिड्दै
कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज (आइतबार) अर्जेन्टिना र फ्रान्स आमने–सामने हुँदैछन्। यी २ टिमबीचको उपाधि भिडन्त आज राति ८:४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिना र फ्रान्स दुबै तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन्। फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो। त्यसअघि, फ्रान्सले १९९८ को विश्वकप ट्रफी हात...