नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले जारी पेरिस ओलम्पिक–२०२४ मा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

पेरिस ला डिफेन्स एरिनामा भएको पुरुष १ सय मिटर फ्रिस्टायल प्रतिस्पर्धामा एलेक्जेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
उनले ५१.९१ सेकेन्डको समय निकाले।
यसअघि, उनको नाममा यस अघि ५२.१७ सेकेन्डको कीर्तिमान थियो।
नेपाली राष्ट्रिय पौडी टोलीका मुख्य प्रशिक्षक शंकर कार्कीका अनुसार एलेक्जेन्डरले यो कीर्तिमान गत फेब्रुअरीमा कतारको दोहामा सम्पन्न विश्व एक्वाटिक्स च्याम्पियनसीपका दौरान बनाएका हुन्।
राष्ट्रिय कीर्तिमानका बाबजुद एलेक्जेन्डर जारी पेरिस ओलम्पिक हिट चरणबाटै बाहिरिएका छन्।
हिटमा ८ खेलाडीमध्ये एलेक्स तेस्रो स्थानमा रहे।
एलेक्जेन्डरले वाइल्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्न गएका हुन्।
उनले २०२० को टोकियो ओलम्पिक पनि खेलेका थिए।
यससँगै पेरिस ओलम्पिकमा सहभागी ७ मध्ये ५ नेपाली खेलाडीको चुनौती समाप्त भएको छ।
यसअघि, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन्।
अब, एथलेटिक्सकी सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा बाँकी छ।

This will close in 10 seconds