खेलकुद

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता
आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन्। अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ। सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेश खेलकुद परिषद गण्डकीको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्। सहभागीले राज्यले गर्नुपर्ने...
पोखरा महानगर खेलकुदले विविध खेलकुदसँगै मार्शल आर्ट महोत्सव गर्दै
पोखरा महानगर खेलकुद विकास समितिले पोखरामा विविध खेलकुद कार्यक्रमसँगै मार्शल आर्ट महोत्सव आयोजना गर्ने भएको छ। समितिले सोमबार एक पत्रकार सम्मेलन आयोजना गरी २०८०÷०८१ को खेलकुद बजेटअनुसार उक्त कार्यक्रम गर्न लागिएको जनाएको हो। मार्शल आर्ट महोत्सवअन्तर्गत मार्शल आर्ट खेलका ८ विभिन्न क्याटागोरी समावेश गरिएको समितिले जनाएको छ। मार्शल आर्ट महोत्सवअन्तर्गत कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल चौथो
एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा भेटायो। हङकङको जितमा अन्सुमन राथले नटआउट रहँदै ६५ रन, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह...
ताङतिङको हिमालय मिलन माविमा खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने
कास्कीको पर्यटकिय गाउँ मादी गाउँपालिकाको ताङतिङमा ‘हिमालय खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने भएको छ। स्क्रयाबल क्लबको आयोजनामा उक्त प्रतियोगिता बैशाखको १४ र १५ गते ‘हिमालय खुला स्क्रयावल प्रतियोगिता’को आयोजना गरिएको हो। हिमालय मिलन माविको स्वर्ण महोत्सवको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा ७० जना खेलाडीहरूको सहभागिता हुने स्क्रयाबल क्लबका अध्यक्ष केशवराज पराजुलीले जानकारी दिएका छन्। अध्यक्ष...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमै रोकियो
साविक विजेता नेपाल एसीसी प्रिमियर कप क्रिकेटबाट बाहिरिएको छ। साविक विजेता नेपाल आज (शुक्रबार) भएको सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएको हो। यो हारसँगै नेपालले एसिया कपमा छनोट हुने अवसर पनि गुमाएको छ। यो प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ। नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। ओमानको अल अमरित क्रिकेट...
एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणमा नेपालले ४ वटै खेल जित्यो
ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणका खेलहरुमा नेपालले ४ वटै खेल जितेर समूह विजेता बन्यो। लगातार समूहको खेल जित्दै आएको नेपालले तेस्रो खेलमा हङकङलाई हराएसँगै नेपाल समूह विजेता बनिसकेको थियो। आज (बुधबार) नेपालले साउदी अरबलाई ६ विकेटले हरायो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। पानी परेपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार तेस्रो जित
नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङलाई हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको छ। जितसँगै समूह ‘ए’ मा रहेको नेपाल अन्तिम खेल साउदी अरेयिबासँग खेल्नुअघि नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो। हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर...
गण्डकी प्रदेश अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो
बागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको छ। नौ खेल विधामा प्रतिस्पर्धा भएको खेलमा १२२ स्वर्णसहितको प्रतियोगितामा पदक तालिकामा आयोजक बागमति, सूदूरपश्चिम र कोशीसँग पछि पर्दै गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको हो। गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कास्य गरी ४९ पदक प्राप्त गरेको छ। प्रथम संस्करणको सम्पन्न...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जित
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ। आज (शनिबार) नेपालले कतारलाई ३२ रनले हराएको हो। नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो। कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन्। नेपालका लागि ललित राजवंशी, गुल्सन झा...
गण्डकीले जित्यो अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा पुरुष क्रिकेटको स्वर्ण
गण्डकी प्रदेशले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ। चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा मधेश प्रदेशलाई ४१ रनले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो। गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८१ ओभरमा १६० रनमै अलआउट भयो। मधेशका लागि पवन सर्राफले ३५ र...