घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ।

आज (मंगलबार) भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो।
श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो।
दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले आफ्नो समूहको दोस्रो खेल भाद्र ६ गते बंगलादेशसँग खेल्नेछ।
६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ।
समूह ‘ए’ मा नेपाल सहित बंगलादेश र श्रीलंका छन्।
समुह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।

This will close in 10 seconds