खेलकुद

प्लानिङ ब्वाइज आहाराराको क्वार्टरफाइलनमा
पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्ड कपमा प्लानिङ ब्वाइज युनाइटेड क्वार्टरफाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४—० को फराकिलो अन्तरले पराजित गरी क्वार्टरफाइनलमा पुगेको हो । खेलको २४ औँ मिनेटमा ब्वाइजका एलेक्स विलियनले पहिलो गोल गर्नुभयो । फ्रेन्डसका खेमराज श्रेष्ठले डिबक्स भित्र ह्यान्डगरेपछि पाएको पेनाल्टीलाई एलेक्सले गाेल गर्नुभयो । खेलको ४५...
आइसिसी टी–२० विश्वकप क्रिकेट
सुपर आठमा पुग्न नेपाललाई आज इटालीविरुद्धकाे खेल जित्नै पर्ने दबाब
पोखरा । आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा पुग्न  नेपाललाई बिहीबार नवप्रवेशी इटालीविरुद्धको खेल जित्नै पर्ने दबाब छ। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल समूह ‘सी’ मा दबाबमा परेको हो। यद्यपि अझै तीन खेल बाँकी रहेकाले शीर्ष दुई स्थानमा पुग्ने सम्भावना जीवितै छ। नेपालले इटालीपछि दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्न...
जाउलाखेल आहारारा पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा
पोखरा । आहारारा पोखरा गोल्ड कपमा जाउलाखेल युथ क्बलले विजयी सुरुवात गरेको छ । बुधबार पोखरा रङ्गशालामा भएको खेलमा जाउलाखेलले मछिन्द्र क्बललाई २—० को गोलले पराजित गरेको हो । पहिलो हाफमा बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमै जाउलाखेलले अग्रता लिएको थियो । खेलको ५४ औँ मिनेटमा जाउलाखेलका निकोलसले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको हो । प्लेयर...
आइसिसी टी–२० विश्वकपमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित
काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो रोमाञ्चक खेलमा नेपाल टेस्ट टोली इङ्ल्यान्डसँग चार रनले पराजित भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा जितका लागि एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४४ रन...
आहारारा पोखरा गोल्ड कप मंगलबारदेखि
पोखरा । पोखराको प्रतिष्ठित आहारारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेसनल फुटबल क्लबबिच प्रतिष्पर्धा हुने भएको छ । सहारा क्लबको आयोजनामा पोखरा रङ्गशालामा हुने आहारारा गोल्ड कपको २५औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।...
भारत बन्यो साफ यु—१९ महिला फुटबलमा च्याम्पियन
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा लिगमा बङ्गालादेशसँग व्यहोरेको हारको बदला लिँदै भारतले उपाधि जितेको छ । शनिबार पोखरा रङ्गशालामा भएको खेलमा भारतले बङ्गालादेशलाई ४—० गोलले पराजित गरी साफ ट्रफी उचालेको छ । लिगमा भारत बङ्गालादेशसँग २—० पराजित भएको थियो । शनिबारको खेलमा भारतका जुलानले खेलको ४२ औँ मिनेटमा गोल गर्दै टिमलाई...
आहारारा पोखरा गोल्ड कपको इतिहास फोटो प्रदर्शनी आज
पोखरा । सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा पोखरा गोल्ड कपको २५ औं अर्थात रजत वर्षको अवसरमा आज फोटो प्रदर्शनी हुँदैछ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ फोटो प्रदर्शनी हुने भएको हो । पोखरा महेन्द्रपुलस्थित फल्चामा हुने प्रदर्शनीमा प्रतियोगिताका दौरान खिचिएका...
साफ यु—१९ महिला फुटबलमा नेपालका लागि बंगालादेश तगारो
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा नेपालको फाइनल खेल्ने चाहनामा बंगालादेश तगारो बनेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा बङ्गालादेशसँग ४—० गोल अन्तरले परािजतसँगै नेपाल लिग चरणबाट बाहिरिएको हो । प्रतियोगितामा नेपाल र भुटान बाहिरिएपछि फाइनल खेल बङ्गालादेश र भारतबिच शनिबार हुनेछ । बुधबार भएको खेलमा बङ्गालादेशका खेलाडी अल्पी अक्तरले...
साफ यु-१९ महिला फुटबलमा नेपाललाई जित्नै पर्ने दबाब
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) अन्डर १९ महिला फुटबलमा नेपालले आज बंगालादेशकाे सामना गर्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा  नेपाल र बंगालादेशकाे खेल दिउँसो ३ बजे सुरु हुनेछ । आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । ४ टाेली सहभागी...
प्रतिभा सुपर लिग क्रिकेटमा मदरल्यान्ड र छोरेपाटन विजयी
पोखरा ।  प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् । प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस...