खेलकुद

सहारा क्लब पोखरालाई पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट खेल संघसंस्था, क्लबको सम्मान
सहारा क्लब पोखराले आठौँ ‘पोखरा स्पोर्टस अवार्ड–२०८०’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड पाउने भएको छ। प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो। छैटौँ संस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदँै आएकोमा सातौँ संस्करणबाट खेल संघ...
एथ्लेटिक्सकी ईन्द्रालाई पोखरा स्पोर्टस् अवार्डको लाइफटाइम अचिभमेन्ट अवार्ड
एथ्लेटिक्सकी ईन्द्रा मल्लले आठौं पोखरा स्पोर्ट्स अवार्डको लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउँदै छिन्। यही वैसाख २८ गते पोखरा सभागृहमा हुने अवार्ड कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले इन्द्रालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने निर्णय गरेको हो। लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।...
पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरले सघाउने
आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई पोखराको सिटिजन फर्निचरले सघाउने भएको छ। नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने भएको हो। मंगलबार सिटिजन फर्निचरका संचालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बरालबिच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे...
साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा गण्डकी प्रदेश उपविजेता
गण्डकी प्रदेश छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपविजेता बनेको छ। प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग हारेपछि गण्डकी प्रदेश उपविजेतामा चित्त बुझाएको छ। धुलिखेल खेल मैदानमा मंगलबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ४–१ गोलले हराउँदै आर्मीले उपाधि जितेको हो। आर्मीलाई जित दिलाउन सरस्वती तामाङले २ गोल गरिन्। सिमा खड्का र कमला...
गण्डकी र विभागीय आर्मी राष्ट्रिय महिला हक्कीको फाइनलमा
गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि फाइनल भिड्ने भएका छन्। धुलिखेलमा सोमबार भएको सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोलले हराउँदै गण्डकीले फाइनलमा स्थान बनाएको हो। निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो। पेनाल्टी स्टोकमा गण्डकी बाजी...
आठौं पोखरा स्पोर्ट्स अवार्डको ४ विधामा मनोनयन सार्वजनिक
आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक गरिएको छ। आयोजक खेलकुद पत्रकार मञ्चले सार्वजनिक गरेको सूचीअनुसार स्पोर्ट्स अवार्डका लागि वर्ष पुरुष खेलाडीमा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन्। त्यस्तै, वर्ष महिला खेलाडीका लागि आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा परेका...
‘पोखरा स्पोर्टस् अवार्ड’लाई टाइगर ग्रुपको साथ
यही वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई टाइगर ग्रुप अफ पोखरा नेपालले सघाउने भएको छ। ग्रुपबाट ‘वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लव’तर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त...
राष्ट्रिय महिला हक्कीमा बागमतीमाथि गण्डकीको गोल वर्षा
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले वागमती प्रदेशमाथि गोल वर्षा गराएको छ। पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग ०–३ ले हार व्यहोरेको गण्डकीले दोस्रो खेलमा बागमतीलाई फरक गोल अन्तरले हराएको छ। आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ६–० गोलले हरायो। गण्डकीका लागि ज्योति काफ्लेको ह्याट्रिकसहित सीतामाया पुनले २ र गीता...
टी–२० क्रिकेटको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित
वेस्ट इन्डिज ‘ए’ टोलीसँगको दोस्रो टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित भएको छ। ‘वेस्ट इन्डिज ’ए’ ले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो। नेपालका कप्तान रोहितकुमार पौडेलले नट आउट ७१ रन र गुल्सन झाले २६ रन बनाए पनि अन्य ब्याटरले साथ दिन...
एसिया कप दुआथलनमा नेपाली सेनाको वर्चश्व
नेपालका हिमाल टमाटा एसिया कप दुआथलनको च्याम्पीयनसीप बनेका छन्। नेपाल ट्रायथलन एशोसिएसन (एनटीए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पियनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाटा प्रथम भएका हुन्। उनले ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौडको निर्धारित दूरी ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै दुवाथलनको च्याम्पियन बनेका हुन्। ट्रायथलनमा सहभागी अधिकांश...