आहारारा पोखरा गोल्डकपमा ११ टिमको सहभागिता पक्का

आहारारा पोखरा गोल्डकपमा ११ टिमको सहभागिता पक्का

aharara-780×470

पोखरा ।  मोफसलको प्रतिष्ठित आहारारा पोखरा गोल्डकपमा ११ टिमले सहभागिता पक्का गरेको सहारा क्लब पोखराले जनाएको छ । सहारा क्लब पोखराले आइतबार पोखरामा एक पत्रकार सम्मेलनमार्फत ११ टिमको सहभागिता पक्का भएको जनाएको हो ।

सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालका अनुसार मनाङ मर्स्याङदी (एमएमसी) लाई सहभागिताका लागि आग्रह गरिएको जनाउँदै अझै एक टिम बारे छलफल भइरहेको बताए । उनले भने–“हामी यति बेला तयारीमा तिव्रता दिएका छौं । अझै एक टिम आउने विषयमा समेत छलफल जारी छ । एमएमसीको सहभागिता होस भन्ने चाहन्छौं । एमएमसीको सहभागिता हुन नसके हामीले कुनै एक उत्कृष्ट टिमलाई सहभागिता गराउने तयारीमा छौं ।”

यहि माघ २२ गतेबाट फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन प्रतियोगितामा आयोजक सहारा क्लब पोखरासहित नेपाली ‘ए’ डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रि स्टार क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लबको सहभागिता हुने भएको छ ।

त्यसै गरी प्रतियोगितामा दुई विदेशी क्लबले सहभागिता जनाउने छन् । ब्रिगेड ब्वाइज क्लब यूके र थन्डर नर्थ युनाइटेड क्लब सिक्किम, भारतको टिमले २४ औं आहा रारा पोखरा गेल्डकपमा पहिलो सहभागिता हुने क्लबका महासचिब रामजी प्रसाद अधिकारीले बताए । २४ औं आहा रारा पोखरा गोल्डकप सम्पन्न गर्न करिब १ करोड ५१ लाख आम्दानी हुने र १ करोड ४२ लाख २० हजार खर्च हुने आयोजकले सहारा क्लबले जनाएको छ ।

पोखरा महानगर पालिकाले संरक्षक्त्व रहेको आहा रारा पोखरा गोल्डकपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको छ । त्यस्तै जयश्री फुड्स सह प्रायोजक तथा पोखरा महानगर पालिका वडा नं ९ उपप्रायोजक रहेको छ । क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट संकलित रका सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरुको फुटबल प्रशिक्षण संगै निशुल्को आवाश सुविधा प्रदान गर्दै आएको छ । एकेडेमीमा चौथो व्याचका ३० जना बालकहरु आश्रित बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङले जानकारी दिए ।

प्रतिक्रिया