पोखरा

बुद्व विशाल बजार व्यापारिक एसोसिएसनद्धारा त्रिलोकेश्वर शिव मन्दिरमा वृक्षरोपण कार्यक्रम
पोखरा ।बुद्व विशाल बजार व्यापारिक एसोसिएसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा २८ कालिकामा वृक्षरोपण कार्यक्रम गरिएको छ । धार्मिक पर्यटकिय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसर भित्र विभिन्न जातका फलफुल अन्य जातका विरुवा रोपिएको हो । बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप,...
कास्की प्रहरीमा जेठ एकदेखि २८ सम्म २ सय बढी मुद्दा दर्ता
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै विभिन्न विधाका २०६ वटा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ । जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ६५ जना फरार प्रतिवादी र ५ जना विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा सबैभन्दा...
कास्कीमा १ हजार थान एलएसडीसहित विभिन्न लागू औषध बरामद
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनाभर सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १४ वटा लागूऔषध मुद्दा दर्ता गरी २० जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये १८ जना पुरुष र २ जना महिला रहेका छन्। प्रहरीका अनुसार जेठ महिनामा ८ किलो ४५० ग्राम गाँजा, ६८ एम्पुल डाइजापाम, ९३ एम्पुल फेनरागन, ८० एम्पुल बुप्रेनोर्फिन, ३०...
अनुसन्धानमूलक लेख लेखन तालिममा ६० पत्रकार सहभागी
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको अनुसन्धानमूलक लेख लेखन तालिमको समापन भएको छ । पोखरामा महानगरपालिकाको सहयोगमा आईतबारदेखि सुरु भएको तालिम बुधबार समापन भएको हो ।समापन कार्यक्रममा प्रमुख प्रशिक्षक त्रिभुवन विश्व विद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्यालले पत्रकारिता क्षेत्रको बौद्धिक विकास र अनुसन्धानमा जोड दिनुपर्ने बताए । उनले पत्रकारितालाई केवल तालिमको विषय...
पोखराबाट फ्लाई दुबईले सेप्टेम्बर २३ देखि नियमित उडान भर्ने
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ देखि फ्लाईदुबईले दैनिक उडान सञ्चालन गर्ने भएको छ । उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाईदुबईले नियमित उडानका लागि अनुमति पाएको हो । यो उडान सुरु भएसँगै पोखरा सिधै दुबईको विश्वव्यापी हवाई सञ्जालसँग जोडिनेछ । यसबाट पोखराको पहुँच मध्यपूर्व, युरोप र अफ्रिकाका ३...
पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनु पर्ने बताए । उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया...
घरमा चोरी गर्दै गर्दा एक जना पक्राउ
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ माझको डाँडास्थित एक घरमा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार (२०८३ जेठ २२ गते) दिउँसो करिब ११ः३० बजे धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारी घरको मूलढोका तथा भित्रका कोठाको ताल्चा फोडी चोरी भइरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको कास्कीका प्रहरी...
यदु अधिकारी रास्वपा कास्की सभापतिमा निर्वाचित
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । पार्टीको शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मतले पछाडि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले ११५ मत पाउँदा न्यौपानेले ११४ ल्याए। खसेको २३३ मत मध्ये ४ जनाले भने कसैलाई पनि मत दिएका थिएनन् । २९० मतदाता रहेकोमा सबै मत...
पोखराको फिर्के खोलाघर नै मिचेर बनाइएका १६० संरचनामा चल्याे डोजर
पोखरा । पोखराको फिर्केखोलाको खोलाघर नै मिचेर बनाइएका १ सय ६० वटा संरचना भत्काइएको छ । पोखरा महानगरपालिकाले १० दिनअघि सुरु गरेको सो अभियानमा तत्काल भत्काउनुपर्ने १ सय ६० वटा स्थायी वा अस्थायी संरचना डोजर लगाएर भत्काइएको हो । पोखराको मुख्य बजार क्षेत्र भई बग्ने फिर्केखोला स्थायी वा अस्थायी संरचनाका कारण यसको अस्तित्व मेटिँदै गएको...
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
पोखरा । पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागले शोध–पत्र (थेसिस) प्रस्ताव लेखन सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ । शुक्रबारसम्म चल्ने दुई दिने कार्यशालामा क्याम्पसमा इतिहास विषय अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थी सहभागी रहेका छन् । कार्यशाला गोष्ठीको उद्घाटन गर्दै क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले शोधप्रस्ताव लेखनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजित यस प्रकारको गोष्ठीले...