पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ अधिवेशनका क्रममा कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरूलाई घरदैलो कार्यक्रममा व्यवसायी भने तपाईहरूको साथमा हामी छौँ हाम्रो समस्याहरू सम्वन्धित ठाउँमा पुर्याउने काम तपाईंहरूको रहेको बताएका छन् ।

कुनै पनि अध्यक्षको प्यानलमा नबसी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका कार्यसमिति सदस्यका उम्मेदवारहरू अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारीले चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्र पारेका छन्।
पोखराका प्रमुख व्यापारिक केन्द्रहरू महेन्द्रपुल, पृथ्वीचोक,भैरवटोल,बाग्लुङ बसपार्क,श्रीजनाचोक,सभागृह चोक,लगायतका क्षेत्रमा गरिएको घरदैलो कार्यक्रमका क्रममा मतदाता व्यवसायीहरूले प्यानलरहित स्वतन्त्र उम्मेदवारीको स्वागत गरेका छन् ।
व्यवसायीहरूले कुनै प्यानलमा नबाँधिई उम्मेदवार बनेकोमा धन्यवाद दिँदै आगामी अधिवेशनहरूमा पनि यसरी नै स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिन सुझाव दिएका छन् ।
आठै जना सदस्यका उम्मेदवारहरूले व्यावसायिहरूको वास्तविक समस्याहरू सम्वन्धित ठाउँमा लाने यो समूह रहेकोले आफुहरूलाई मतदान गरि विजयी बनाउन मतदातासमक्ष अनुरोध गरेका छन् ।


This will close in 10 seconds