पोखरा

कसले मार्ला बाजी ? पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा, कुँवर कि थापा ?
पोखरा । पोखराको जेठो र निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग उवाणिज्य संघको ३६ औं महाधिबेशनले संघका सदस्य व्यवसायीसहित पोखराका सर्बसाधारणमा समेत चर्चा पाउन थालेको छ। यस क्रममा संघका बर्तमान उपाध्यक्ष बलराम आचार्य र बर्तमान महासचिब शोभा गौतमले पदाधिकारीको छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन भने बर्तमान बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्दाचार्य र पुर्व महासचिब...
कलम सहकारीको रक्तदानमा १०७ यूनिट रगत संकलन
पाेखरा, ७ भदाै । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको अवसरमा बुधबार पाेखराकाे पालीखेचोकमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ,कास्की र कलम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना गरिएकाे रक्तदानमा १०७ यूनिट रगत संकलन भएकाे छ । सम्पन्न १३ औ खुल्ला रक्तदान कार्यक्रम कलम बचत तथा ऋण सहकारी संस्था...
पोखराका उद्योगी व्यवसायीलाई चुनाव लाग्यो
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औं महाधिवेशन तथा ७२ औं साधारण सभाको मिति नजिकिएसँगै पोखराका उद्योगी र व्यवसायीहरूबीच चुनावी सरगर्मी बढेको छ । यही भदौ २० र २१ गते हुने अधिवेशनमा संघको नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । वर्तमान उपाध्यक्ष बलराम आचार्य र वर्तमान महासचिव शोभा गौतम आ–आफ्नो...
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा सदस्यका १० उमेदवारहरु एक भएर जाने
पोखरा । आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका १० आकाक्षी उमेदवारहरु एकाकार भएर जाने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको विधान बमोजिम कार्यसमिति सदस्य खुलामा १० जना निर्वाचित हुने व्यवस्था रहेकोमा उक्त पदका इच्छुक उमेदवारहरुबीच भएको छलफलबाट एकाकार भएर अध्यक्ष तथा पदाधिकारीको साझा कार्यसमिति सदस्यको उम्मेदवारका रूपमा एकजुट...
भारतीय सेना प्रमुख पोखरामा
भूपू गोरखा सैनिक भारत र नेपाल सम्बन्धका सेतु : सेठ
पोखरा । भारतीय सेनाका प्रमुख धीरज सेठले भारतीय सेनामा सेवा गरेका गोरखा भूतपूर्व सैनिकहरू भारत र नेपालबिचको ऐतिहासिक मित्रता, विश्वास र सम्बन्धका जीवित प्रतिनिधि भएको बताउनुभएको छ । चारदिने नेपाल भ्रमणका क्रममा पोखरा आउनु भएका सेठले भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय पोखरामा आज बुधबार आयोजित कार्यक्रममा बोल्दै गोरखा सैनिकको वीरता, त्याग र योगदानले भारत–नेपाल सम्बन्धलाई...
नेपाल र बंगलादेशका फोटो पत्रकारद्वारा पोखरा रगंशालामा वृक्षरोपण
पोखरा । नेपाल र बङ्गलादेशबीचको मित्रता, भाइचारा तथा फोटो पत्रकारबीचको दीगो सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पोखरा रङ्गशाला परिसरमा संयुक्त वृक्षरोपण कार्यक्रम भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएको बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनको १२ सदस्यीय टोली र नेपाली फोटो पत्रकारहरूको सहभागितामा दुई देशको मित्रताको प्रतीकस्वरूप आँप तथा विभिन्न फूलका बिरुवा...
विजयपुर खोलाले बगाएका दुई बालककाे पहिचान खुल्यो
पोखरा । पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो दुई जना बालक खोलाले बगाएर बेपत्ता भएका छन् ।  पोखरा  १४ विजयबस्ती नजिकबाट वडा नम्बर २६ सक्नेरीतर्फ जाने क्रममा दिउँसो करिब १ बजेतिर उनीहरुलाई खोलाले बगाएको हो । भगवती हाइड्रोपावर नजिकै खोला तर्दा  दुई बालक बेपत्ता भएकाे प्रहरीले बताएको छ । प्रहरीका अनुसार स्याङ्जा बिरुवा गाउँपालिका...
गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
पोखरा । पोखरा, २८ साउन । गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश...
एसओएस युवालय गण्डकीको रक्तदानमा ३९ युनिट रगत संकलन
पोखरा । एसओएस बालग्राम गण्डकी रामबजार परिसरमा भएको रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एसओएस युवालय गण्डकीले रक्तदान कार्यक्रम गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पहिलो रक्तदान एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।...
टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अरबिटर’
पोखरा । टिभिएस मोटर कम्पनीले नेपाली बजारलाई लक्ष्य गर्दै नयाँ इलेक्ट्रिक स्कुटर ‘अरबिटर’ सार्वजनिक गरेको छ । पोखरामा जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत यो स्कुटर बजारमा ल्याइएको हो । कम्पनीले यसलाई सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ । यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय...