समाचार

पश्चिमी वायु प्रभावले देशभर बदली
पोखरा। देशमा पश्चिमी  तथा स्थानीय वायुको प्रभावसँगै  पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश  स्थानमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने...
भूकम्प स्मृति दिवसः २०७२ को त्रासदी सम्झिँदै सचेतनाको सन्देश
काठमाडौं । आज वैशाख १२ गते । नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा देशभर विभिन्न कार्यक्रम गरी भूकम्प स्मृति दिवस मनाइँदैछ। वि.सं. २०७२ वैशाख १२ गते शनिबार पूर्वाह्न ११:५६ बजे  गाेखराको बारपाकलाई केन्द्र विन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले नेपालभर ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भूकम्पका कारण करिब ९ हजार जनाको ज्यान...
गण्डकीसहित देशका  केही स्थानमा वर्षा र चट्याङको सम्भावना
पोखरा ।  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम...
फोटो पत्रकारिता दिवसमा पोखरामा फोटो प्रदर्शनी
पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले ९९ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ । फोटो पत्रकारिता दिवसका अवसरमा पोखरा ३ नदिपुरस्थित कोर्टयार्ड (मिनमार्ट) प्रांगणमा वैशाख १३ गते आइतबार फोटोमा ६२,७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गर्न लागिएको संस्थाका अध्यक्ष राम गुरुङले जानकारी दिए । नेपालमा पछिल्लो ३ दशक यता...
स्थानीय तहको सिमा हेरफेरको तयारी
काठमाडौँ । सरकारले स्थानीय तह निर्माण भएको एक दशकपछि स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । २०८४ सालमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै सङ्ख्या र सिमाना हेरफेर गर्र्ने गरी सरकारले तयारी गरेको हो । भौगोलिक रूपमा नजोडिनुपर्ने वडा जोडिएका र जोडिनुपर्ने वडा नजोडिएका, अन्तरजिल्ला र अन्तरपालिकाबिच विवाद उत्पन्न भएको, स्थानीय सेवाग्राहीलाई सेवाप्रदायक...
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
गुल्मी ।  गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी रु १०, रेडबुलका बोतल प्रतिकेजी रु ८०, एचडिपी प्लास्टिक प्रतिकेजी रु आठ, पानीका बोतल प्रतिकेजी रु १०, फलाम प्रतिकेजी रु १५,...
सम्पत्ति छानबिन आयोगले थाल्याे काम
काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । विसं २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ । आयोगका नवनियुक्त अध्यक्ष...
काठमाडाैंमा ९ महिनामा सम्बन्धविच्छेदका १ हजार ३९ मुद्दा फैसला
काठमाडौँ । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ । विसं २०७६ देखि हालसम्म उक्त अदालतमा सम्बन्धविच्छेदसम्बन्धी फर्छ्यौट हुन बाँकी मुद्दाको सङ्ख्या एक हजार ९४७ रहेको छ । सर्वाेच्च अदालतको २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मुलुकभर ४२ हजार...
प्रधानमन्त्री बालेन र मन्त्रीहरु ९ बजे नै कार्यकक्षमा
काठमाडौँ । पछिल्लो समय सरकारी कामकाजलाई चुस्त बनाउन प्रधानमन्त्री र मन्त्री बिहान ९ बजे नै सिंहदरबार पुग्ने अभ्यास सुरु भएको छ । यसले कर्मचारी प्रशासनमा अनुशासन र समय पालनाको सकारात्मक सन्देशसमेत दिएको छ । प्रधानमन्त्री र मन्त्री समयमै कार्यालय उपस्थित हुनु र जिम्मेवारीपूर्वक काम गर्नुलाई सुशासनको पहिलो सर्तका रूपमा लिइएको छ । प्रधानमन्त्री र मन्त्री नै समयमै कार्यालय...
निर्वाचन प्रहरी पोसाक खरिदमा ६० करोडको घोटाला
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै विभिन्न तीनवटा निकायमा एकसाथ उजुरी दर्ता भएको छ । राजधानी दैनिकले गत १६ माघमै निर्वाचन प्रहरी पोसाक खरिदमा ४० करोड रुपैयाँ बढी अनियमितता भएको भन्दै समाचार प्रकाशित गरेको थियो । यो विषयलाई बेवास्ता गर्दै सरकार एक...