सुदूरका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

khagaraj-bhatta-1-1024×561

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। २९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

सुदूरपश्चिम प्रदेश सभामा नेकपाका २२ (सभामुख र निलम्बनसहित) र नेकपा एमालेका ११ सांसद छन्। ५३ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेसका १७ र राप्रपाका १ सांसद छन्। २ प्रदेशसभा रिक्त छन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds