समाचार

नेपाल साफ यु–२० च्याम्पियनसीपको फाइनलमा
नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज (आइतबार) भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकर शुट–आउटमा ४–१ ले हराउँदै फाइनल पुगेको हो। निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर शुट–आउटमा पुगेको हो। टाइब्रेकर शुट–आउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका २ टाइब्रेकर शुट बचाए। यस्तै,...
पोखरामा नेवारी संस्कृतिको ताया मचा प्रतियोगिता
पोखरामा नेवारी संस्कृतिको महिला तथा पुरुष ताया मचा प्रतियोगिता सकिएको छ। गाईजात्राको अवसर पारी नेवाः खलः कास्कीको आह्वानमा भएको ताया मचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिति र महिलातर्फ लामाचौर नेवाः खल प्रथम भएका छन् । नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ९ गरी २८ समूहको प्रतिस्पर्धा थियो।...
सामाजिक सञ्जाल नियमन गर्ने कानुन बन्दै
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको संचालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताएका छन्। मन्त्री गुरुङलेले डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अब चाँडै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति...
साफ यु–२० च्याम्पियनसीपमा नेपाल समूह विजेता
साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज (बिहीबार) भएको खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो। नेपालको जितमा खेलको १७ औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे। बंगलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल...
सरकारले हटायो टिकटकमाथिको प्रतिबन्ध
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध हटाएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो। यद्यपि, टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल संचालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचीकृत भएको सामाजिक सञ्जालको ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ तोक्नुपर्ने शर्त अघि सारेको छ। साथै, सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग...
प्रेसका सामग्री उपलब्ध गराइदिन काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले प्रेस संग्रहालयका निम्ति संचारसम्बद्ध पुराना सामग्री उपलब्ध गराइदिन सार्वजनिक अपिल गरेको छ। बिहीबार एक अपिल जारी गर्दै काउन्सिले ३ वर्षअघि सुरु गरेको प्रेस संग्रहालयका लागि संचारसम्बद्ध ऐतिहासिक सामाग्री उपलब्ध गराउन विभिन्न संचार माध्यम, संचार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैरसरकारी निकायहरूलाई अपिल गरेको हो। काउन्सिलले संग्रहालयमा सामग्री उपलब्ध गराउन सरोकारवालालाई...
प्रेस कार्डको दुरुपयोग नगरौं : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस कार्डको दुरुपयोग गरेको पाइए कुनैपनि पत्रकारलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। बुधबार काउन्सिलमा भएको विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने, ‘समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने हो, त्यसको सदुपयोग हुनुपर्छ।’ ‘डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग...
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गर्दैछ
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी थालेको छ। यसअघि, तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको हो। तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रचण्ड नेतृत्वको काँग्रेससहितको गठबन्धन सरकारमा संचार तथा सूचना प्रविधि...
नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा
घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। आज (मंगलबार) भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकबिहीन...
नेपाल साफ यु–२० फुटबलको पहिलो खेलमा विजयी
आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा आज (आइतबार) भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले निर्णायक गोल गरे। नीराजनले २३ औँ मिनेटमा गरेको एक मात्र गोल नेपालको जितमा पर्याप्त बन्यो। जितसँगै, नेपालले समूहमा ३ अंक बटुलेको छ।...