कृष्ण केसीको नेतृत्वमा विद्यालय खेलकुद महासंघ कास्की गठन

कृष्ण केसीको नेतृत्वमा विद्यालय खेलकुद महासंघ कास्की गठन

krishna kc

पोखरा । कास्कीमा नेपाल विद्यालय खेलकुद महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । पोखराको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलका संस्थापक तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला महासंघ गठन गरिएको हो ।

महासंघको उपाध्यक्षमा शिवप्रसाद भण्डारी (वाराही मावि), सचिवमा डाक्टर टेकनारायण पौडेल (हिमालयन बाेर्डिङ स्कुल), कोषाध्यक्षमा शर्मिला पौडेल पोख्रेल (एस‌ओएस हर्मन माइनर) चयन भएका छन् ।सदस्यहरुमा हेमन्त अधिकारी, राजेश गुरुङ, आनन्दराज अधिकारी, कृष्णप्रसाद सापकोटा, विग्नेश थापा, मनबहादुर कुँवर मनकाजी गुरुङ र चिनबहादुर रानाभाट चयन भएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाले जानकारी दिए ।

महासंघमा सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका सबै संस्थाहरुलाई महासंघमा समेटिएको अध्यक्ष केसीले बताए । नेपाल विद्यालय खेलकुद महासंघको साधारण सभा तथा निर्वाचनको लागि कास्कीबाट जिल्ला अध्यक्ष कृष्ण केसीलाई प्रतिनिधिका रुपमा सफिारिससमेत गरिएको छ । जिल्ला खेलकुद विकास समितिको रोहवरमा शुक्रबार भएको भेलाले जिल्ला कार्यसमिति चयन र केन्द्रीय प्रतिनिधि चयन गरेको हो ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds