समाचार

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड
पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको भन्दा यस वर्षको बजेट ४३ करोड रुपैयाँ बढि हो। चालु आर्थिक वर्षको बजेट ७ अर्ब ८ करोड ३४ लाख २४ हजार रुपैयाँको बजेट थियो। बजेट वक्तव्यको क्रममा महानगरले चालु आर्थिक वर्षको लागि ७...
पोखरा महानगरको नीति तथा कार्यक्रम २०८१/८२ आयो
पोखरा महानगरपालिकाले ‘पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना’ तयार गर्ने भएको छ। महानगरप्रमुख आचार्यले आज (आइतबार) आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी संघ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताए। महानगरका ३३ वडाको मौलिकता तथा विशिष्टताको पहिचान, वडाको संभावना...
असार २२ मा नेपाल पत्रकार महासंघको चुनाव
आगामी असार २२ गते नेपाल पत्रकार महासंघको चुनाव हुने भएको छ। महासंघले सो मितिमा मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज (शुक्रबार) निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। हेरौं, पत्रकार महासंघको सूचना निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको छ। महासंघले...
गण्डकी प्रदेशले ल्यायो झण्डै ३२ अर्बको बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि झण्डै ३३ अर्वको बजेट ल्याएको छ। गण्डकी प्रदेशसभाको आज (शनिबार) को बैठकमा ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट विनियोजन गरिएको हो। गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ...
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ सहित)
गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्। हिँजो, सोमबार मात्र बिश्वासको मत पाएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानीत प्रदेशबासीको सोच राखिएको उल्लेख छ। नीति तथा कार्यक्रममा...
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा मन्त्रीमण्डल विस्तार
सोमबार विश्वासको मत पाएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) मन्त्रीमण्डल बिस्तार गरेका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएका दीपक मनाङे (राजीव गुरुङ) र फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन्। प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मनाङे र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले आज (मंगलबार) सपथ समेत लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख...
न्यूज एजेन्सी (रासस) सँग प्रेस काउन्सिल
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपालले सुरु गरेको संचार माध्यमसँग काउन्सिल अभियानअन्तर्गत राष्ट्रिय समाचार समितिका पत्रकारसँगको छलफलमा अध्यक्ष बस्नेतले गुणस्तरीय समाचारले पत्रकारिताको गरिमा उच्च बनाउनुका साथै समाजमा फैलिएको भ्रमपूर्ण सूचना र अफवाहको समस्या हल गर्न मद्दत पुग्ने उल्लेख गरे। नेपालको एकमात्र सरकारी...
गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिएका छन्। प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरेका छन्। विपक्षमा २८ जनाले मतदान गरे। माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर पक्षमा मतदान गरेपछि पाण्डेले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री...
‘भ्रामक र तथ्यहीन सूचना देशलाई नै घातक’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यसतर्फ गंभीर हुन सबै संचार माध्यमलाई आग्रह गरेका छन्। अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएका उनले औँल्याए। अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिए। नयाँ खुलेका अनलाइन संचार माध्यमका सम्पादक,...
विदेश मामिला रिपोर्टिङको समस्याबारे छलफल
प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिला विटमा रिपोर्टिङ गरिरहेका संचारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल सुरु गरेको छ। बुधबार काउन्सिल सभाहलमा भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए। सोही क्रममा सहभागीले यस बिटको रिपोर्टिङमा सहजता र मिडियामार्फत उठाउनुपर्ने विषयवस्तुबारे विभिन्न धारणा राखे। सहभागीले विदेशी मामिलासम्बन्धी समाचार संकलन, सम्पादनका लागि सहजताका...